अम्बानीको घरबाहिर बरामद विस्फोटक पदार्थसहितको कारको जिम्मा ‘जैस–उल हिन्द’ले लियो



एजेन्सी ।

भारतीय अर्बपति उद्योगपती मुकेश अम्बानीको घरबाहिर राखिएको विस्फोटक पदार्थले भरिएको कारको जिम्मा ‘जैस–उल हिन्द’ नामक एक संगठनले लिएको छ । २५ फ्रेवुअरीमा अम्बानीको घर बाहिर विस्फोटक पदार्थले भरिएको स्कोर्पियो कार भेटिएको थियो ।

सो कारभित्र भारतीय क्रिकेट टीमको ‘मुम्बई इन्डियन्स’ को ब्याग राखिएको थियो । उक्त टीमका मालिक पनि अम्बानी नै हुन् । भारतीय सञ्जारमाध्यमका अनुसार उक्त संगठनले टेलिफोनमार्फत यस घटनाको जिम्मा लिएको हो । यो संगठनले केही दिन अघि दिल्लीस्थित इजरायली दूतावास बाहिर भएको बम बिष्फोटको जिम्मेवारी लिएको थियो।

संगठनले सन्देश जारी गर्दै लेखेको छ , ‘यदि तिमीहरु रोक्न सक्छौ भने रोक, हामीले तिमीहरुको नाक मुनिबाट दिल्लीलाई हिर्कायौं तर केही पनि गर्न सकेनौं, तिमीले मोसादसँग हात मिलायौं तर केही भएन, तिमीहरु नराम्रोसँग असफल भयौं, पछि पनि सफल हुने छैनौं।

यस्तै, अम्बानिसगँ पैसाको माग गर्दै धम्किपूर्ण रुपमा लेखिएको छ, ‘ तिमीलाई थाहा छ के गर्नुपर्छ। अब पैसा पठाइदेउ, जुन तिमीसँग पहिले कुरा गरिएको थियो।’

प्रतिक्रिया दिनुहोस्