निधारमा आफ्नो शहरको नक्साको ट्याटु खोपाउने पक्राउ



टाम्पा, (एजेन्सी ) ।

अमेरिकाको फ्लोरिडा राज्य निवासी भएकोमा निकै गर्व गरेर निधारमै फ्लोरिडाको नक्साको टाटु खोपाउने एउटा अनावश्यक उटपट्याङ कामको कारण प्रहरीको फन्दामा परेका छन् । २२ वर्षीय म्याथ्यु लिथाम आफुलाई घरसम्म पु¥याइदिन अनुरोध गर्दै प्रहरीको नम्बर ९११ मा दुईपटक फोन गरेकाले समस्यामा परेका हुन् ।
आइतबार बिहान चार बजे टाम्पाको उपनगर पोर्ट रिचीस्थित घर जान सहयोग माग्दै उनले फोन गरेका थिए ।

पास्को काउन्टिको प्रहरीले उनको फोनको जवाफ दिँदै कुनै क्याब बोलाउन सल्लाह दिएको थियो । तर,आफुसँग क्याब चढ्ने पैसा नभएको भन्दै उनले फेरि फोन गरेका थिए ।पहिलोपटक फोन गरेपछि हिँडेरै घरतर्फ बढिरहँदा फेरि फोन गरेको कारण फोन गरिरहेकै अवस्थामा पक्राउमा परेका उनको साथबाट प्रहरीले गाजा बरामद गरेको छ । उनीविरुद्ध ९११ को प्रणाली दुरुपयोग गरेको र साथमा गाजा राखेको अभियोग लगाइएको छ । अहिले उनलाई ३ सय अमेरिकी डलर जमानतमा रिहा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्