विपीन र आँचल सम्मानित



नायक विपीन कार्की र नायिका आँचल शर्मा चितवनमा सम्मानित भएका छन्। लक्की मिडिया हाउस चितवनको पाँचां वार्षिकोत्सवको अवसरमा कार्की र शर्मालाई सम्मान गरिएको हो।

कार्यक्रममा नायक कार्की र नायिका शर्मालाई कार्यक्रमका प्रमुख अतिथि पुर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा, फिल्मकर्मी नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए।

सो अवसरमा चिकित्सक, शिक्षाकर्मी, व्यवसायी, समाजसेवी र खेलाडीहरुलाई पनि सम्मान गरिएको छ। सो अवसरमा साहित्यकार झमक घिमिरेको कृतिमा आधारित फिल्म जीवन काँडा कि फुल प्रदर्शन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्