इमेजमा खुराफाती



लोकप्रिय हास्य अभिनेता तथा निर्देशक शिवहरि पौड्यालको निर्देशन तथा लेखनमा हास्य टेलिशृंखला खुराफाती इमेज टेलिभिजनमार्फत भइरहेको छ। इमेज टेलिभिजनमा हरेक बुधबार राति प्रसारण हुँदै आएको उक्त टेलिफिल्मको दोस्रो भागसम्म प्रसारण भइसकेको छ भने आज बुधबार राति तेस्रो भाग प्रसारणमा आउनेछ।

कुलबहादुर काका नामक युट्युबमा कुलबहादुर काका नाममै आइरहेको सिरियल इमेज च्यानला भने नाम परिवर्तन गरेर खुराफातीका रूपमा प्रसारण हुन थालेको हो। उक्त हास्य टेलिसिरियल बुधबार राति ९ बजे शिवहरिकै मुखाँ हान्नु जस्तो युट्युब च्यानलमार्फत पनि प्रसारण हँुदै आएको छ। ‘सिरियल एजेन्सीहरुलाई दियौं भने पैसा नआउने र टेलिभिजनमार्फत प्रसारण गर्न पनि विभिन्न समस्या हुने भएकाले बसिबियाँलोको रूपमा कुलबहादुर काका नामक हास्य सिरियलका रूपमा युट्युबमार्फत नै प्रसारण गर्दै आएका थियौं।

पछि इमेज च्यानलमार्फत आउने भएपछि नाम फेरेर छोटो नाम चयन गरेका हांै’, सिरियलका लेखक, निर्देशक तथा अभिनेता शिवहरि पौडेलले भने– ‘यसमा हामीले समाजमा भइरहेका र हुन सक्ने घटनालाई हास्य शैलीमा प्रस्तुत गरेका छौं। अहिले समाजमा सद्दे मानिस भेट्न गाह्रो छ। सबै जना अरूलाई म कसरी ठगौं र आफ्नो दुनो कसरी सोझ्याऊँ भन्ने ध्याउन्नमा लागेको मात्र देखिन्छ। सबैले सबैमाथि खुराफाती गरेको देखिन्छ। यस्तै विषयमाथि व्यंग्य गर्दै टेलिसिरियलले मानिसलाई सन्देश दिन्छ। यो बौद्धिकस्तरको हास्य टेलिसिरिल हो, जसमा दोहोरो अर्थ लाग्ने संवाद प्रयोग गरिएको छैन। यो पँर्णतया पारिवारिक हास्य टेलिसिरियल हो।’ –शिवहरि भन्छन्।

आमा बगलामुखी फिल्म्स्को प्रस्तुति रहेको सिरियलमा शिवहरि पौडेलको साथमा कलाकारहरु किरण केसी, राजाराम पौडेल, विनोद केसी, मनोज आचार्य, शिवहरि आचार्य, निरज नेपाल, कमला रेग्मी, विमला गिरी, शर्मिला शर्मा, भगवती युनिका खड्का, ऋतु भण्डारी, उन्नति भण्डारी, मनीषा श्रेष्ठ, स्वस्तिका लामिछाने, हिमा कोइराला, कञ्चन सापकोटा, श्रीवर आचार्य, उदय भण्डारी, अस्मी पौडेल, पवन खतिवडा, दिनेश दुलाल, देवीराम पराजुली (भोक लाग्यो), क्षितिज भीमसेन अधिकारी, मनीषा पोखरेल, रिया बलामी, स्नेश चौलागाईंलगायतको अभिनय रहेको छ। सिरियलमा छायांकन र सम्पादन सुरेश श्रेष्ठको रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्