एउटै च्यानलका तीन भिडियो एकैसाथ ट्रेन्डिङमा



कुनै पनि च्यानलबाट रिलिज भएको म्युजिक भिडियो टेन्डिङमा पर्नु स्वभाविकै हो। तर, एउटै च्यानलबाट रिलिज भएका तीनवटा गीतका भिडियो एकैपटक ट्रेन्डिङ पर्नेचाहिँ विरलै मात्र हुन्छ।तर, इनाक्ष्ँी इन्टरटेनमेन्ट (मेलबर्न, अस्ट्रेलिया) च्यानलबाट रिलिज भएका तीन गीतका म्युजिक भिडियो एकैपटक युट्युबको ट्रेन्डिङमा पर्न सफल भएका छन्। इनाक्षी इन्टरटेनमेन्टको कुरै बुझ्दैन, पानी पधेरो–२ र वरको छायाँले गरी तीन गीतका म्युजिक भिडियो एकैपटक टे«न्डिङमा पर्न सफल भएको हो।

कुरै बुझ्दैन बोलको गीतमा भीम विष्ट र एलिना चौहानको स्वर रहेको छ भने गीतमा शब्द तथा संगीत पनि भीम विष्टकै छ। गीतको म्युजिक भिडियोमा पनि गायकगायिका भीम र एलिनाको अभिनय रहेको छ। प्रकाश खड्काको छायांकन रहेको उक्त म्युजिक भिडियोमा दिप्सन शाहको सम्पादन रहेको छ।अञ्जु पन्तको स्वर, सन्तोष श्रेष्ठको संगीत तथा चन्द्र प्रसार्इंको शब्द रहेको सेन्टिमेन्टल गीत पुरानो घाउ पनि युट्युब ट्रेन्डिङमा पुग्न सफल भयो। अभिनेता अभिनेत्री आकाश श्रेष्ठ र पँजा शर्मा अभिनित उक्त गीतको म्युजिक भिडियो देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन्। उत्सव दाहालको छायांकन रहेको गीतको म्युजिक भिडियोमा विकास दाहालको सम्पादन रहेको छ।

लोकदोहोरी गीत वरको छायाँमा भने गायक गोविन्द पौडेल तथा गायिकाद्वय कमला घिमिरे र करुणा राईको स्वर रहेको छ। गोविन्द पौडेलकै शब्द संगीत रहेको गीतमा कृष्णकुमार विश्वकर्माको थेगो रहेको छ। निकै रमाइलो बनेको म्युजिक भिडियोमा अभिनेता राजेश हमाल, करुणा राई तथा सामाजिक सञ्जालमार्फत चर्चामा आएका बाल कलाकारहरु सचिन परियार र आयुषा गौतमको अभिनय रहेको छ। काजिश श्रेष्ठको निर्देशन रहेको भिडियोमा रामकृष्ण चौलागार्इंको छायांकन तथा दीपक विष्टको सम्पादन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्