कलाकर्मीहरू नेपाली कांग्रेसमा प्रवेश



दुई दर्जन कलाकर्मी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस साचना तथा सञ्चार प्रसार विभागअन्तर्गत टेलिभिजन उपसमितिको संयोजकत्वमा फिल्मकर्मी नीर शाहको अगुवाइमा भएको कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बाढानीलकण्ठमा शनिबार आयोजित कार्यक्रममा मेकअप आर्टिस्ट सन्तु तामाङ, द्वन्द्व निर्देशक एनबी महर्जन, पत्रकार एवं वीर गणेशमान फिल्मका निर्देशक विजयरत्न तुलाधर, नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणा, नेपाल चलचित्र संघका उप–महासचिव एवं फिल्म वितरक गोपालकाजी कायस्थ, निर्माता तथा निर्माण नियन्त्रक मिलन सुवेदी, फिल्म लेखक अभिमन्यु निरबी, चलचित्र पत्रकार संघ नेपाल उपाध्यक्ष दीपज्योति थापा, निर्माता तथा कलाकारहरु रिश्ता बस्नेत , प्रभाकर श्रेष्ठ, निर्माता र कलाकार सुनील श्रेष्ठ, निर्देशक राजु अर्याल, कलाकार सविन श्रेष्ठ, कलाकार दिनेश श्रेष्ठलगायत फिल्मकर्मीलाई सभापति देउवाले टीका, माला र पार्टी सदस्यता कार्ड दिएर पार्टी प्रवेश गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्