छँगु हे खँलाखःको म्युजिक भिडियो सार्वजनिक



नेपाल भाषाका लोकप्रिय गायक मुकेश शाक्यको स्वरमा नयाँगीत छँगु हे खँलाखःको म्युजिक भिडियो सार्वजनिक भएको छ।
संगीतकार जुगल डंगोलको संगीत रहेको गीतमा दर्शनवीर शाक्यको शब्द रचना रहेको छ।

छायांकन तथा सम्पादन विजन वज्राचार्यको रहेको सार्वजनिक भिडियोलाई विश्वास वज्राचार्यले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा मोडल तथा नायिका रञ्जना सितिखु र अमोघवीर वज्राचार्यलाई फिचर्ड गरिएको छ।

पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल प्रसिद्ध मोडल तथा नायिका रञ्जना सितिखु अभिनित भिडियोमा मञ्जिल शाक्य, सुजाता शाक्य वज्राचार्य, कृष्णशोभा उलक, जेनेन्द्र शाक्य, साजन शाक्य र दृष्टि शाक्यको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्