म्यानमार ‘कू’ : ट्विटर र इन्स्टाग्राममा पनि प्रतिबन्ध



काठमाडौं । म्यानमारमा शनिबार ट्विटर र इन्स्टाग्राम प्रयोगमा समेत प्रतिबन्ध लगाइएको छ । फेसबुकमा यसअघि नै प्रतिबन्ध लगाइ सकिएको छ । म्यानमारको सेनाले गत सोमबार ‘कू’ गर्दै आङ साङ सुकीसहित नेसनल लिड फर डेमोक्रेसी (एनएलडी)का नेताहरुलाई हिरासतमा लिएको थियो ।

म्यानमारमा सामाजिक सञ्जालमार्फत् सैन्य ‘कू’ को चर्को आलोचना हुन थालेपछि त्यहाँको सञ्चार मन्त्रालयले मोबाइल नेटवर्क र इन्टरनेट सेवा प्रदायकहरूलाई ट्विटर र इन्स्टाग्राम प्रतिबन्ध गर्न निर्देशन दिएको थियो ।

सैन्य ‘कू’को विरोध गरिरहेका मानिसहरूले प्रदर्शनको भिडियो एवं तस्वीरहरू सामाजिक सञ्चालमा राख्दै आएका थिए भने कतिपयले सोही माध्यममार्फत समर्थन जनाउँदै आएका थिए । म्यानमारको यस कदमलाई ट्विटरले चिन्ताजनक भनेको छ । (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्