श्रीदेवी



अभिनेत्री स्व. श्रीदेवी विवाहपछि आमा बने पनि विवाहअघि नै आफू गर्भवती भएको घोषणा गरेकी थिइन्। फिल्म रुपकी रानी और चोरोका राजाको शुटिङपछि निर्माता बोनी कपुर तथा श्रीदेवी निकै नजिकिएका थिए। त्यही बेला श्रीदेवी गर्भवती भएको खबर बाहिरिएको थियो। बोनी कपुर भने विवाहित थिए। बोनीले पहिलो पत्नी मोना कपुरसँग सम्बन्ध विच्छेद गरेर सन १९९६ मा श्रीेदेवीका साथ विवाह गरेका थिए। विवाहको केही महिनापछि श्रीदेवीले छोरीलाई जन्म दिएकी थिइन्। उनै छोरी जान्वी कपुर हाल बलिउडमा सक्रिय छिन्।

प्रतिक्रिया दिनुहोस्