आङसाङ सुकीविरुद्ध मुद्धा चलाईयो, अझै १३ दिन हिरासतमै राख्न निर्देशन



काठमाडौं । म्यानमारमा सैैन्य कू पछि हिरासतमा रहेकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी विरुद्ध प्रहरीले मुद्धा चलाएको छ । उनलाई आगामी फेब्रुअरी पन्ध्रसम्म हिरासतमै राख्न पनि निर्देशन दिईएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

सुकीलाई आयात–निर्यात कानून तोडेको अभियोग लगाउँदै सुकीमाथि मुद्दा चलाइएको हो ।सुकीको घरमा छापा मारेका सैन्य अधिकारीहरुले यसक्रममा हाते रेडियोहरु बरामद गरेका छन् ।

यी रेडियोहरु अवैधाकि रुपमा आयात गरिएको र बिना अनुमति प्रयोग गरिएको दस्तावेजमा उल्लेख छ । अपदस्थ राष्ट्रपति विन माइन्टविरुद्ध पनि प्राकृतिक विपद् व्यवस्थापन कानूनअन्तर्गत प्रहरीले अभियोग दर्ता गराएको छ । (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्