नायिका सुष्मा कार्कीमाथि कुटपिट


काठमाडौं । नायिका सुष्मा कार्कीले आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । कार्कीले मंगलबार दिउँसो काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिएकी हुन । गएराति दरबारमार्गको लन्डन पब क्याफेमा झगडा भएको र आफु कुटिएको भन्दै कार्की उजुरी दिन पुगेको प्रहरीले बताएको छ ।

कार्कीले स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उसत्व रसाइलीविरूद्ध उजुरी दिएकी छिन् । घटनाको बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । यता उसत्वले भने कार्कीले तथानाम गाली गरेको र आफुमाथि दुर्व्यवहार भएपछि आरती खड्काले आफुलाई प्रोटेक्ट गर्न झापड हानेको बताएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।