मन–मनमा प्रतिबिम्बित ‘आमाको तासफोटो’ : सुष्मा रानोहँमाको कृति सार्वजानिक



रामधन राई , खोटाङ । कल्कलाउँदो एक निर्दोष मुस्कान मुस्कुराएको आमाको पुरानो एक थान फोटो अथवाआमाको जवानीको तासफोटो सुरक्षित छ मसि म अहिले आमाको तासफोटोमा आफुलाई हेरिरहेकी छु ।

कविता संग्रह ‘आमाको तासफोटो’मा समेटिएको सोही शीर्षक कविताको अन्तिम हरफ हो यो । साहित्यकार-कवियत्री सुष्मा रानोहँमाले दक्षिणकोरियामा रहेर नेपाली साहित्यिक मनहरुमा ‘आमाको तासफोटो’ प्रतिबिम्वित गराउनुभएको छ । युवा पुस्ताको साहित्यमा दमदार, बफादार तथा अमेट हस्ताक्षर रानोहँमाको मर्मस्पर्शी र सार्थक बिम्ब–प्रतिविम्ब बोक्ने नाम भएको कृति ‘आमाको तासफोटो’को प्रकाशक फिनिक्स बुक्स रहेको छ । कोरोना महामारीकैवीच सुन्दर स्वरुप दिईएको वजनदार तथा प्रतिनिधि ‘आमाको तासफोटो’ हालै मात्र दक्षिण कोरियामै सार्वजानिक गरिएको हो ।

सुष्मा रानोहँमा खोटाङको लामाखु हालको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा(लामाखु)मा जन्मिनुभएको हो । रानोहँमाले स्कुले उमेरदेखि नै लामाखु अर्थात ग्रामिण परिबेशका पाखा–पखेरा, ढुंगा–माटो, खोला–नाला, बन–जंगल, रीति–संस्कृति, रहन–सहन, चाल–चलन खेती–पाती, मेला–पात या भनौं समग्रमा गाउँलाई लेख–रचनाको पृष्ठभूमि बनाउँदै आउनुभयो । उहाँ लेख्नुहुन्छ–‘गाउँ आफै मौलिक कविताहरुको उर्वर थलो हो । पछिल्लो समय दक्षिण कोरियामा रहँदै आउनुभएकी रानोहँमाले ‘गाउँ’ बाहेक देश, काल, परिवर्तन लगायत समसामयिक बिषयवस्तुलाई समेत समाउँदै लेखकीय पृष्ठभूमिलाई फराकिलो पार्दै आउनुभएको छ ।

यद्यपी, पहिचान, मुन्धुमी धार र लयलाई फेरि पनि सुष्माले लेखनको मियो वनाउने गरेको पाईएको भन्दै अग्रज साहित्यकारहरुले प्रशंसा गर्ने गरेका छन् । जुन कार्यलाई युवा चेतना र दायित्वबोधको को उपज भनिएको छ ।आमाको तासफोटो’मा जातीय पहिचान, प्रेम र इतर विचार केन्द्रीत ४५ थान कविताहरू समेटिएका छन् । रानोहँमाको ‘आफ्नै कुरा’ पष्ठमा उल्लेख छ–‘जतिबेला खोटाङको विकट गाउँ लामाखुमा एक घण्टाको उकालो हिँडेर स्कुल धाईन्थ्यो, त्यहिबेला नबुझेरै सही, थाहा नपाएरै सही मैले जीवनमा पहिलो पटक लेखेको कविताको शीर्षक ‘आमा’नै थियो । मेरो जीवनमा पहिलो कविता संग्रहको नाम पनि ‘आमाको तासफोटो’ जुर्नुलाई सुखद संयोग ठानेको छु ।’

‘नमज्जा’ देखि सुरु भएको कविता क्रम मन छुने अर्को शीर्षकको कविता कचुरमा अन्तिम गाता लागेको छ । संग्रहित सबै कविता उत्तिकै गहन रहेको सामाजिक सञ्जालहरुमा प्रतिक्रिया देख्न सकिन्छ । ‘कचुर’ (किराती समुदायमा धामी बस्दा धामीले तत्काल परिवार वा समाजमा आईलाग्ने राम्रारनराम्रा वा शुभरअशुभ पक्षको अनुमान लगाउन काउली काट्नेकार्य) आफैमा थोरै प्रयोगमा आउने तर गहकिलो शब्द मान्छन् किरातीहरु । कचुर’लाई किराती आस्था बोक्ने शव्द मानिन्छ ।

लेखक तथा कवि रानाहँमा ‘इतर–आवाज’ अर्थात धार्मिक, सांस्कृतिक वा सत्ता पक्षले निर्माण गरेको एकात्मक सौन्दर्य भत्काउने साहित्यिक आन्दोलनकीअभियन्ता समेत हुनुहुन्छ । सुष्मा रानोहँमाले दक्षिण कोरियामा सक्रिय खोटाङ सेवा समाजका कोषाध्यक्षको जिम्मेवारी पनि सम्हाल्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्