हजारौँ पुछ्ने सुखको आँशु दुःखको को पुस्छ र



डम्बर बिकेल

हजारौँ पुछ्ने सुखको आँशु दुःखको को पुस्छ र
तारे भिर, यो मनको पिर कसले पो बुझ्छ र

छन् गेँडी सबै मेरी सुखै सुखको खात
छैनन् गेँडी सबै टेडी दुःखै दुःखको साथ
सबै ताप्छन् बलेकै आगो निभेको को ताप्छ र
तारे भिर, यो मनको पिर कसले पो बुझ्छ र

पुजिन्छन् मान्छे भगवान् भई आफ्नै धनमा
कँुजिन्छन् मान्छे अपांग भई आफ्नै मनमा
सबै पुज्छन् ढुंगाकै मूर्ति देउता को पुज्छ र
तारे भिर, यो मनको पिर कसले पो बुझ्छ र

प्रतिक्रिया दिनुहोस्