काभ्रेको बुच्चाकोटमा बस दुर्घटना, ७ जनाको मृत्यु


काभ्रे।

बनेपाबाट रोशी गाउँपालिकास्थित सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस बिपी राजमार्गअन्तर्गत बुच्चाकोट मा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीका अनुसार बा३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनापछि घटनास्थलमा उद्धार तथा राहत कार्य जारी रहेको छ। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्य केही यात्रु घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकका अस्पताल पठाइएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।