गाइडो भान जेनेचनको चर्चित रिकी शृंखला



काठमाडाैं । रिकी गाइडो भान जेनेचनको लोकप्रिय पात्र हो। उनका रिकी शृंखलाका पुस्तकहरु लोकप्रिय छन् । कथालय प्रकाशनले बालबालिकाका लागि जेनेचनको रिकी शृंखलाका तीन वटा कथा संग्रह सार्वजनिक गरेको छ— ‘रिकी र एनी’, ‘रिकीको आँट’ र ‘रिकी र उसका साथीहरु’।

रिकी र एनी उनको शृंखलाका मुख्य पात्रहरु हुन्। ‘रिकी र एनी’ मा रिकीले एनीलाई कसरी साथी बनाउँछ भन्ने कथा छ। यसमा उसले एनीको मन जित्न गर्ने उत्पट्यांग गतिविधिले पाठकलाई हसाउँछ।दोस्रो किताब रिकीको आँटमा रिकीको पहिलो पटक घरबाहिर टेन्टमा रात बिताउने प्रयासको कथा छ। यस कथामा राति टेन्टमा बस्दा रिकीको मनमा पलाउने डरलाई रोचक शैलीमा चित्रण गरिएको छ।रिकी र उसका साथीहरु कथा त झनै रमाइलो छ। यसमा रिकीसँगै सेतो, कालो र खैरो रंगका खरायोहरु पात्र बनेर आउँछन्।

तर अरुभन्दा रिकी टाटे पांग्रे खरायो पमसँग नजिक हुन्छ। रिकीको नयाँ साथी पमले रिकीलाई सुसेल्दै बल्ड्यांग खाने खेल खेल्न सिकाउँछ। अनि रिकीले पनि पमलाई गाँजर हिँडाइ खेल सिकाउँछ।रिकी रमाइलो पात्र हो। हेर्दै हँसिलो रसिलो रिकीसँगै यस शृंखलाका तीन ओटै कथाहरुमा गाँजर मुख्य पात्रका रुपमा आइरहन्छ। खरायोको मनपर्ने खानेकुरा भएकोले लेखकले गाँजरलाई पनि पात्र बनाएका हुन्।रंगीन, प्रष्ट र ठूला चित्रहरु प्रयोग भएका यी किताबमा प्रयोग भएका चित्रहरु अक्षरजत्तिकै महत्वपूर्ण छन्। अक्षर पढ्न नसक्ने बालबालिकाहरुले पनि रमाउँदै चित्र हेर्दै कथा बुझ्न सक्छन्।

जेनेचनका उनका ‘द बिग बेबी बुकु, ‘मम्मिज एण्ड देअर बेबिज’, ‘राइडर रिक्की’ लगायत थुप्रै बालकथा प्रकाशित छन्। लेखेका कयौं बालसाहित्यका पुस्तक बेस्टसेलर बनेका छन्। उनी नेदरल्यान्डको ‘पिक्चर बुक अफ द इयर’ र ‘रिडर्स डाइजेस्ट अवार्ड’ जस्ता प्रतिष्ठित पुरस्कारबाट सम्मानित लेखक हुन्कथालयले यसअघि बालबालिकाका गाइडो भान जेनेचनको ‘सेतो माछा’ शृंखलाका पाँच वटा पुस्तक सुनिती अमात्यको अनुवादमा प्रकाशनमा ल्याएको थियो।जेनेचनका तीन वटै किताब विनोद भण्डारीले नेपालीमा अनुवाद गरेका हुन्। प्रत्येक किताबको मूल्य ३२५ नेपाली रुपैयाँ राखिएको छ।

प्रतिक्रिया दिनुहोस्