अमेरिकी उपराष्ट्रपति माइक पेन्सले लिए कोरोना खोप



वासिंगटन (एजेन्सी)

अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले कोरोना खोप लिएका छन् । पेन्सकी पत्नी केरन र सर्जन जनरल जर्म उडम्सले पनि खोपको डोज लिएका छन् । ट्रम्प प्रशासनले कोरोना भाइरसको रोकथामका लागि तिब्र रुपमा खोपको विकास र यसको वितरणलाई लिएर अपरेसन वार्प स्पिड को थालनी गरेको थियो । टेलिभिजनमा उक्त खोप कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएको थियो ।

पेन्सले यसै हप्ता खोप निर्माण केन्द्रको निरिक्षण गरेका थिए र शुक्रबार उनले खोपको डोज पनि लिएका थिए । प्रतिनिधि सभाका अध्यक्ष नेन्सी पेलोसी र सीनेटमा बहुमतका नेता मिच म्याककोनेलले पनि विहिबार आगामी केही दिन मै खोपको डोज लिने बताएका थिए । पेन्स र उनकी पत्नीलाई वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टबाट तीन स्वास्थ्यकर्मी खोप लगाउन आएका थिए ।

देशको इतिहासमा सबैभन्दा ठुलो खोप अभियानको शुरुवाट भएको एक हप्ता बित्न लाग्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल आफै खोप लिने विषयमा कुनै टिप्पणी गरेको छ । उनले दुई पटक मात्र खोप अभियानका विषयमा ट्विट गरे ।
यसबीच अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)को सल्लाहकार टोलीले मोडेर्नाको कोरोना भाइरस खोपलाई अनुमति दिन सिफारिस गरेको छ ।

एफडीएको यस विषयमा अन्तिम निर्णय नसुनाउँदै राष्ट्रपति ट्रम्पले ट्विटरमा मोडेनाको कोरोना खोपलाई अनुमति दिएको घोषणा गरेको हो । यसबीच अमेरिकाको अकास्का राज्यमा फाइजरको खोपको पहिलो डोज लिने एक ब्यक्तीलाई नराम्रो साइड इफेक्ट देखिएको छ ।

यसले बहुचर्चित उक्त खोपको विश्वसनियतामा संका उत्पन्न गराएको छ । ती ब्यक्तीमा यसअघि कुनै पनि औषधी तथा खोपको एलर्जी भएको इतिहास नभएको बताएको छ । खोपको साइड इफेक्ट प्राण घातक हुन सक्ने बताइएको छ । यद्यपी अस्पताल भर्ना गरिएका ती ब्यक्तीको यस प्रकारको खतराबाट मुक्त भएको चिकित्सकहरुले बताएका छन् ।

खोप विकसित गर्ने क्रममा कुनै पनि साइड इफेक्ट देखिएमा त्यसता खोपको अनुमति फिर्ता हुने र अभियान रोकिने गर्छ । तर आपतकालका लागि अुनमति प्रदान गरिएकोले फाइजरको खोप अभियानलाई यसले फरक नपर्ने पनि बताइएको छ । दिर्घकालिन असरको परीक्षण विनै एक बर्ष भित्र विकसित भएका खोपहरुको असर विस्तारै पछि देखा पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्