कोरोनाबाट बच्न ‘हग बुथ’को प्रयोग



ह्युस्टन, (एजेन्सी)

अमेरिकाको टेक्सासका एकजना ब्वाइ स्काउट ट्रम्पले कोभिड १९ महामारीको सुरक्षालाई ध्यानमा राखेर स्थानिय एक नर्सिंग होम रहेका विरामीलाई तिनीहरुका आफन्तसंग नजिकबाट भेटघाट गराउने उद्देश्यले ‘हग बुथ अर्थात अंकमाल बुथ’ डिजाइन गरेका छन् ।

वेवस्टर स्थित नर्सिंग होम हार्टिस क्लियर लेकले ब्वाइ स्काउट ट्रुप ८४८ ले तयार पारेको हग बुथको कारण त्यहाँ रहेका व्यक्तिहरुलाई तिनीहरुका आफन्तहरुसंग निश्चित सुरक्षित दूरी कायम गरेर भेटाउने गरेको छ ।त्यो बुथमा एउटा प्लेक्सीग्लासको झ्याल रहेको छ ।

सोही भmयाल मार्फत स्यानिटाइज गरिएका पंजा लगाएर मानिसहरुले आफन्तलाई अंकमाल गर्ने तथा शरिरमा छुन सक्छन् । यस नसिंग होमका निर्देशक बेकी हडसनले आफुहरुले परिकल्पना गरे जस्तै सुरक्षित र भरपर्दो हग बुथ बनाइदिएको केटिआरके टेलिभिजनलाई बताएका छन् ।

कोरोना महामारीका कारण अमेरिकाका अन्य नर्सिंग होमहरुमा पनि यस्त हग बुथ प्रयोगमा ल्याइएका छन् । टेक्सास स्वास्थ स्याहार संघका प्रमुख कार्यकारिणी अधिकृत केभिन वार्रेनले नर्सिंग होमहरुमा वृद्धवृद्धाहरुको सुस्वास्थका लागि तिनीहरुका मनपर्ने आफन्तहरुबाट स्पर्श गरिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्