हत्याको आरोपमा दुई प्रहरी गिरफतार



Edson Arguinez and a friend carry the coffin of his son’s Edson Arguinez Junior, after closed circuit video showed two Brazilian police officers firing at Edson Arguinez Junior and Jordan Luiz Natividade on a motorcycle, whose dead bodies were later found in Belford Roxo near Rio de Janeiro, Brazil, December 14, 2020. REUTERS/Lucas Landau

रियो दि जेनेरियो, (एजेन्सी) । 

दुईजना युवकको हत्या गरेको अभियोगमा ब्राजिलका दुईजना प्रहरी अधिकारीलाई रियो दि जेनेरियो शहरबाट गिरफ्तार गरिएको छ । सुरक्षा क्यामेराबाट खिचिएका तस्वीरमा तिनीहरूले एउटा मोटरसाइकलमा रहेका दुई युवकलाई गोली हानेर एउटा कारमा राखेर लगेको देखिन्छ ।

तिनीहरू पछि मृत अवस्थामा फेला परेका थिए । रियोको गरिब उपनगरले परिचित बेलफोर्ड रोकसोमा भएको यस घटनाले प्रहरीको क्रुर र गैरजिम्मेवारपूर्ण व्यवहार प्रतिविम्बित भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । ब्राजिलियन प्रहरीमाथि प्रायशः काला जातिका युवाहरूमाथि यसरी ज्यादती गर्ने गरेको आरोप लाग्दै आएको छ ।

राजनीतिक समीक्षकहरूले पूर्वसैनिक क्याप्टेनसमेत रहेका राष्ट्रपति जाइर बोल्सोनारोले प्रहरीलाई आवश्यकभन्दा बढी आक्रमक बन्ने अधिकार दिएको बताउँछन् । विशेषगरी, उनले प्रहरीलाई लागुऔषध कारोबार हुने गरेका सुकुम्बासी क्षेत्रहरूमा कडा कदम चलाउन आह्वान गरेको बताइएको छ ।

उनले ‘अपराधीहरूलाई उडुस र साङ्लोलाई जस्तै मार्नुपर्ने’ भन्ने गरेको बुझिएको छ । ती दुवै प्रहरीलाई पक्राउ गरी रियो दि जेनेरियो सैनिक प्रहरी कारगार इकाइमा ल्याइएका छन् । हाल तिनीहरूको हतियार खोसेर सोधपुछ गर्ने कार्य जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्