२२ प्रतिशत ब्राजिलियनले कोरोना खोप नलिने



FILE PHOTO: A nurse carries out a swab test on a patient as part of the new measures of Rio de Janeiro’s government against the coronavirus disease (COVID-19) outbreak in Sao Goncalo, near Rio de Janeiro, Brazil, December 4, 2020. REUTERS/Ricardo Moraes

रियो दि जेनेरियो, (एजेन्सी) । 

यससाता कोभिड–१९ विरुद्धको खोप लिन अस्वीकार गर्ने ब्राजिलियनको संख्या २२ प्रतिशत पुगेको छ । अगस्टमा यो संख्या ९ प्रतिशतमै सीमित थियो । तिनीहरूमध्ये अधिकांशले चिनियाँखोप लिन अस्वीकार गरेको हालै सम्पन्न एक मत सर्वेक्षणले जनाएको छ ।

ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले कोरोनाकोे खोपबारे चलाएको नकारात्मक हल्लाले यसमा आगोमा घ्यु थप्ने काम भएको जनाइएको छ । पोल्स्टर डाटाफोल्हाले गरेको सर्वेक्षणले ७३ प्रतिशतले खोप लिने र ५ प्रतिशतले यकिन नभएको बताएको देखाएको छ ।

गत अगस्टमा सो तथ्यांक ८९ र ३ प्रतिशत रहेको थियो । गत महिनाको उत्तराद्र्धमा बोल्सोनारोले कोरोना विरुद्धको खोप उपलब्ध भए पनि आफूले नलिने बताएका थिए । उनले खोप नलगाउने आफ्नो अधिकार भएको जनाउँदै साओ पावलोको राज्य सरकारको बन्टान्टान प्रतिष्ठानसग सहकार्य गरी चीनको सिनोभाक औषधि निर्माण कम्पनीले विकास गरिदै गरेको खोपप्रति नकारात्मक टिप्पणी गरेका थिए ।

डाटाफोल्हाको सर्वेक्षणअनुसार ४७ प्रतिशत सहभागीले चीनमा बनेको खोप लिने बताए भने ५० प्रतिशतले नलिने र ३ प्रतिशतले निर्णय गर्नै बाकि बताएका छन् । बोल्सोनारोलाई सधैँविश्वास गर्ने बताउने ३३ प्रतिशतले खोप नलिने बताएका छन् । १६ प्रतिशतले भने बोल्सोनारोलाई कहिल्यै विश्वास नगर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्