ईयूलाई झुकाउन जोनसन असफल, बिनासम्झौता ब्रेक्जिट



लन्डन, (एजेन्सी) । 

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युरोपियन युनियनसFग ‘नो डिल ब्रेक्जिट’ अर्थात् बिनासम्झौता बेलायत अलग हुनुपर्ने देखिएको बताएका छन् । यसको अर्थ बेलायतबिना कुनै व्यापार सम्झौता युरोपेली संघबाट अलग हुनेछ ।

जोनसनले सम्झौताका लागि पर्याप्त प्रयास गरेको तर युरोपेली संघका नेताले उनको माग अगाडि झुक्न अस्वीकार गरेका छन् । युरोपेली संघ अर्थात् ईयूबाट बेलायतको बहिर्गमनमा देखिएको हालको परिस्थितिका लागि जोनसन पत्रकार रहFदा लेखिएका कयौं समाचार तथा लेख सामग्रीको भूमिका जिम्मेवार रहेको मानिएको छ ।

जोनसन ९० को दशकमा बेलायती अखबार डेली टेलिग्राफका विदेश संवाददाता थिए । त्यतिबेला उनले ईयू र त्यसका अधिकारीहरूविरुद्ध कयौं खबर लेखेका थिए । यसमा केही खबर पछि गलत पनि प्रमाणित भए । ईयूका कयौं अधिकारी आज पनि प्रभावशाली स्थितिमा छन् र उनीहरू जोनसनलाई कुनै छुट दिने मनस्थितिमा देखिएका छैनन् । जोनसन प्रायः युरोपेली संघ अन्ततः झुक्ने गरेको लेख्थे । त्यसलाई मनाउन कडा अडान लिनुपर्छ भन्ने उनको आशय हुन्थ्यो ।

जोनसनले युरोपेली युनियनका वर्तमान अध्यक्ष उर्सुला वान डेर लेइनलाई मनाउन पनि पर्याप्त प्रयास गरे तर यसमा उनी खासै सफल हुन सकेनन् । ९० दशकमा जोनसनस“ग काम गरेका सहकर्मी पत्रकार सोनिया पर्नेल भन्छिन्, तपाईजस्तो काम गर्नु हुन्छ, त्यस्तै फल पाउनुहुन्छ । मलाई लाग्दैन युरोपियन युनियन जोनसनको माग पूरा गर्छ । जोनसनको यो प्रयास पनि समय बर्बादी मात्र हो ।

जोनसनले लेखेका कतिपय समाचार सामग्री गलत प्रमाणित भएका थिए । उनी आप्mनो लेखमा ईयूलाई पटक–पटक निशाना बनाउ“थे । उनले एकपटक ईयूको भवन भत्काएर त्यसको स्थानमा नयाँभवन बन्ने समाचार लेखेका थिए । तर, त्यसतो भएन । पुरानो भवनलाई नै पुनर्निर्माण गरी त्यसलाई काम गर्न उपयुक्त बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्