रुसद्वारा क्षेप्यास्त्र परीक्षण, २४ शहर ध्वस्त पार्ने क्षमता



मस्को, (एजेन्सी) ।

रुसले शक्तिशाली परमाणु ‘पनडुब्बी भ्लादिमिर मोनोमाख’ को शक्ति परीक्षण गरेको छ । उक्त पनडुब्बीबाट रुसी एसएसबीएनले सी अफ आखोत्स्कबाट चार क्षेप्यास्त्र परीक्षण प्रक्षेपण गरेको छ ।

फेडरेसन अफ अमेरिकन साइन्टिस्टका प्रमुख हान्स क्रिस्टेनसेनका अनुसार यी क्षेप्यास्त्र २४ सहर ध्वस्त पार्ने क्षमता राख्छ । रुसका रक्षा मन्त्रालयले यस परीक्षण प्रक्षेपणबाट उसको युद्धपोतको तयारी पँरा भएको जनाएको छ । बेरेन्ट्स सीबाट आईसीबीएम (इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल), एसएलबीएम (सबमरिन लन्च्ड ब्यालेस्टिक मिसाइल) र क्रुज मिसाइल पनि यस वार्षिक अभ्यासको हिस्सा रहेको मन्त्रालयले जनाएको छ ।

भ्लादिमिर मोनोमाखबाट ४ बुलाबा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरिएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । सबै क्षेप्यास्त्रले आफ्नो निशानालाई सफलतापँर्वक भेदन गरेको मन्त्रालयले जनाएको छ । यस क्रममा पनडुब्बीका चालकदलका सदस्य व्यावसायिकता र तालिमको परिचय दिएको छ । भ्लादिमिर मोनोमाख परमाणु पनडुब्बीको चौथो पुस्ता हो ।

यसबीच, उत्तरी बेडाको लडाकु जहाज फ्रिगेटले सिरकान हाइपर सोनिक क्रुज मिसाइलको सफलतापँर्वक परीक्षण गरेको रक्षा मन्त्रालयले जनाएको छ । एडमिरल गोर्सकोभ फ्रिगेटले ह्वाइट सीबाट एक सिरकान हाइपरसोनिक क्रुज मिसाइलको सफलतापँर्वक परीक्षण गरेको मन्त्रालयले जानकारी दिएको सिन्ह्वाले जनाएको छ ।

यसअघि, रुसको सैन्य अभ्यासमा लामो दँरीका कयौं क्रुज मिसाइल क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो । युक्रेनका र एन्जेल्स एयरफिल्डबाट बमवर्षक विमान टीयँ १६० र टीयँ ९५ बाट यी क्षेप्यास्त्र प्रहार गरिएको थियो । यी परीक्षण प्रक्षेपण पुटिनको कमान्ड भएको तास समाचार एजेन्सीले जनाएको छ । अभ्यासका क्रममा पनडुब्बी, अन्डरग्राउन्ड सैन्य अड्डा र युद्धक विमानबाट सयौं क्षेप्यास्त्र प्रहार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्