कार्यकालको पहिलो दिन पेरिस जलवायु सम्झौतामा अमेरिकाको पुन प्रवेश हुनेछ : बाइडेन



वासिंगटन (एजेन्सी) ।

अमेरकी राष्ट्रपति निर्वाचित जोय् बाइडेनले राष्ट्रपतिका रुपमा उनको कार्यकालको पहिलो दिन अमेरिका पेरिस जलवायु सम्झौतामा पुन सहभागी हुने संकल्प ब्यक्त गरेका छन् । विश्वब्यापी तापक्रम कम गर्ने उद्देश्यले भएको उक्त ऐतिहासिक सम्झौता शनिबार पाँच बर्ष पुरा भएको छ । एक फरक अध्ययनले कोविड लकडाउनका कारण अमेरिकामा कार्बन उत्र्सजनमा १२ प्रतिशत कमी आएको उल्लेख गरिएको छ ।

अमेरिकाले सने २०१५ को जलवायु परिवर्तनमा भएको पेरिस सम्झौताबाट यसै बर्ष नोभेम्बर ४मा औपचारिक रुपमा समर्थन फिर्ता लिएका थियो । राष्ट्रपति डोनाल्ड ट््म्पले सन् २०१७ मा फिर्ता हुने घोषणा गरेका थिए । ट्रम्पले पटक पटक सम्झौताको आलोचना गर्दै यसलाई आर्थिक रुपमा नोक्सानदायी भएको बताएका थिए । सन् २०२५ सम्ममा यसका कारण देशमा २५ लाख राजगाराी गुमाउनु पर्ने स्थिति उत्पन्न हुने पनि उनको दावी थियो । हरितगृह ग्यास उत्सर्जन गर्ने चीन र भारत जस्ता ठुला देशले उन्मुक्ती पाइरहेको पनि उनले बताएका थिए ।

बाइडेनले भने, राष्ट्रपतिका रुपमा मेरो कार्यकालमा अमेरिका पेरिस सम्झौतामा पुन समावेश हुने छ र म विश्वका आफ्ना समकक्षसँग तत्काल काम गर्न शुरु गर्ने छु जसले मेरो कार्यकालको पहिलो १ सय दिन भिड ठूला महाशक्तिका नेताहरुसँग जलवायु शिखरवार्ताको आयोजना गर्नु पनि पर्नेछ ।

सन् २०२० कोरोना भाइरस महामारीका कारण विश्वलाई एउटा ठुलो फाइदा भएको छ । यो बर्ष ग्रिनहाउस ग्यासको उत्सर्जनमा सबैभन्दा ठुलो गिरावट देखियो । लकडाउन र यात्रामाथिको प्रतिबन्धका कारण कोविड १९ का क्रममा उत्सर्जन सन् २०२० मा २ दशमलव ४ अर्ब टन कम भयो । विश्यब्यापी उत्सर्जन ३४ गिगाटन रहेको र यो सन् २०१९ को तुलनामा ७ प्रतिशत कम भएको बताइएको छ । बेलायतमा सबैभन्दा धेरै १३ प्रतिशतले गिरावट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्