एन्जेलिनाकी भूतलाई १० वर्षको जेल सजाय



तेहरान, (एजेन्सी) ।

हलिवुड स्टार अभिनेत्री एन्जेलिना जोलीकी भूत संज्ञा पाएकी इरानको इन्स्टाग्राम स्टार फतेमेह खिसबन्दलाई १० वर्षको जेल सजाय सुनाइएको छ । उनलाई गत वर्ष इसनिन्दा र युवाहरूलाई भ्रमित पारेको आरोपमा गिरफ्तार गरिएको थियो । जेलमा कैद रहेको बेला उनलाई गत अप्रिलमा कोरोना भाइरस संक्रमण भएको थियो । फतेमेह खिसबन्द इरानमा ‘शहर तबर’को नामले पनि चिनिन्छ ।

इरानका वरिष्ठ पत्रकार तथा सामाजिक कार्यकर्ता मासिह अलाइनजादले शुक्रबार ट्विटमा फतेमेह खिसबन्दको सजायबारे खुलासा गरेको हो । उनले ती इन्स्टाग्राम स्टारको रिहाइका लागि अनुरोध गरेका छन् । इरानमा इसनिन्दाविरुद्ध कडा सजायको प्रावधान छ । कम उमेही फेतेमेह खिसबन्दलाई अन्यायपूर्ण तरिकाले सजाय दिइएको पत्रकारले दाबी गरेका छन् ।

इरानको सामाजिक सञ्जालमा ती इन्स्टाग्राम स्टार पूर्ण निर्दोष भएको पोस्ट गरिएका छन् । उनी मेकअप र फोटोसपको उपयोग गरी आफूलाई तस्वीरमा एन्जेलिना जोलीजस्तै बनाउँछिन् । यो कुनै पनि हालतमा इसनिन्दा हुन सक्दैन । केहीले एन्जेलिना जोलीसँग पनि उनको रिहाइको समर्थन गर्न अपिल गरिरहेका छन् ।

खिसबन्दलाई सन् २०१९ अक्टोबरमा युवाहरूलाई भड्काएको, भ्रष्टाचारलाई प्रोत्साहन गरेको र इसनिन्दाको आरोपमा गिरफ्तार गरिएको थियो । त्यसपछि उनको इन्स्टाग्राम अकाउन्ट पनि डिलिट भएको थियो । लामो अदालती सुनावाइपछि खिसबन्दलाई दोषी ठह¥याइएको थियो ।

सन् २०१७ मा फेतेमेह सामाजिक सञ्जालमा शहरको नामले चर्चित थिइन् । त्यतिबेला उनले करिब ५० सल्यक्रिया गराएकी थिइन्, ताकी एन्जेलिना जोलीजस्ती बन्न सकून् । सहरले त्यतिबेला आफ्नो वजन ४० किलोग्रामभन्दा माथि बढ्न नदिएको बताएकी थिइन् । तर, एन्जेलिनाजस्तो देखिने रहरमा सहरले आफ्नो वास्तविक स्वरूप पनि गुमाइन् ।

प्रतिक्रिया दिनुहोस्