माउसुलीको दानाले दुई लाखको मालिक बनायो



लस एन्जेल्स, (एजेन्सी) । 

अमेरिकाको भर्जिनिया निवासी एक दम्पतीलाई तिनीहरूको पाल्तु माउसुलीको भोकको कारण दुई लाख अमेरिकी डलरको लटरी ज्याकपोट परेको छ ।

ब्यास्सेट सहर निवासी चार्लिन गोडले भर्जिनिया लटरी कर्मचारीहरूलाई भनेकी छिन् – ‘म मेरो पतिसँग हाम्रो माउसुलीका लागि गँड्यौला किन्न यताउता भौंतारिहरेका थियौं । हामी ब्यास्सेटस्थित फास मार्टनामक स्टोरभित्र पस्यौं । तर, त्यहाँ माउसुलीलाई चाहिने खाना सकिएको रहेछ ।

तर, स्टोरमा पसिनैसकेकाले जे भए पनि किन्नुप¥यो भन्ने सोचाइका कारण हामीले चारवटा स्क्र्याच अफ लोटरी किन्यौं । मेरो लोग्नेले कार चलाउँदै गर्दा मैले टिकट स्क्र्याच गरें । त्यहँँ २ लाख डलर लेखिएको देखेपछि म झण्डै बेहोसै भएकी थिएँ । पत्याउनै गाह्रो भइरहेको थियो ।’

ती दम्पतीले यस भाग्यशाली धनराशिलाई ऋण तिर्न उपयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्