अमेरिकामा एकै साता दुई जनालाई मृत्युदण्ड



लसएन्जेल्स, (एजेन्सी) ।

झण्डै बिस वर्षअघि आफ्नी शिशु छोरीको हत्या गरेको अभियोग लगाइएका एक अमेरिकी पुरुष हालै मृत्युदण्ड पाउने दोश्रो अमेरिकी नागरिक बनेका छन् । अल्फ्रेड बोर्गियसनामक ती पुरुषलाई शुक्रबार विषाक्त इन्जेक्सन दिएर मृत्युदण्ड दिइएको हो । त्यसको अघिल्लो दिन अर्का अमेरिकी ब्रान्डन बर्नार्डलाई मृत्युदण्ड दिइएको थियो ।

यही २० जनवरीमा डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरण गर्नुअघिसम्म थप अन्य तीनजनालाई मृत्युदण्ड दिइने कार्यक्रम रहेको छ । विगत १७ वर्षदेखि संघीय मृत्युदण्डलाई रोकिएको थियो । ट्रम्पले यसै वर्षको सुरुमा मृत्युदण्ड सुचारु गर्न आदेश दिएका थिए ।

यदि, बाँकी मृत्युदण्ड पनि कार्यान्वयन गरिने हो भने एक शताब्दीभन्दा लामो समयपछि सबैभन्दा बढी मृत्युदण्ड देख्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुने भएका छन् । यही २० जनवरीदेखि सत्ता सम्हाल्न लागेका राष्ट्रपति बाइडेन डेलावरको सिनेटर रहँदादेखि नै मृत्युदण्डको कट्टर समर्थक रहेका छन् ।

पेसाले ट्रक ड्राइभर रहेका अल्फ्रेड बोर्गियसले हत्या गर्नुअघि आफ्नी दुई वर्षीया छोरीलाई यौन र शारीरिक यातना दिएको अदालतले जनाएको छ । तर, थुप्रै वकिलहरूले उनको नाजुक मानसिक अवस्थाका कारण उनलाई मृतयुदण्ड नदिन आवाज उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्