विश्वभर ४ करोड ९६ लाख ८८ हजार ४३३ जनाले जिते कोरोना



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना महामारीका कारण विश्वभर संक्रमितकको संख्या ७ करोड १४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ लाख ९९ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

यस्तै, ४ करोड ९६ लाख ८८ हजार भन्दा बढी कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८२ हजार ५३९ जना संक्रमणमुक्त भएका छन् ।

२४ घण्टामा १२ हजार ३१२ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनको संख्या १६ लाख नाघेको छ । हाल विश्वभर २ करोड १ लाख ९१ हजार ६७३ सक्रिय संक्रमित छन् भने तीमध्ये १ लाख ६ हजार ६१८ जनाको अवस्था गम्भीर रहेको छ । सबैभन्दा धेरै महामारीको चपेटामा परेको अमेरिकामा हालसम्म ३ लाखभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्