चीनद्वारा लद्दाखमा भारतीय सैनिक विरुद्ध माइक्रोवेब हतियारको प्रयोग



नयाँदिल्ली (एजेन्सी)
चीनले भारतसँगको विवादास्पद सीमा क्षेत्रमा भारतिय सैनिक विरुद्ध घातक माइक्रोवेब हतियारको प्रयोग गरेको छ । पुर्वी लद्दाखको रणनितिक रुपमा महत्वपुर्ण पर्वतहरु कब्जा गरी बसेका भारतिय सैनिकहरुमाथि चीनको पिपुल्स लिबरेसन आर्मीका सेनाले उक्त हतियारको प्रयोग गरेको हो । हतियारको प्रभावका कारण भारतिय सैनिक ती शिखरहरुबाट हट्न बाध्य भएको बताइएको छ ।
.
चीनले एक घातक हतियार माइक्रोवेब किरणको प्रयोग गरेको बेइजिंग स्थित रेनमिन युनिभर्सिटीका प्रोफेसर जिन कानरोंगले बताएको हो । यसको चपेटामा आए लगत्तै सैनिकहरुलाई धेरै पिडा भएको र त्यहाँ बसिरहन धरै समस्या भएको थियो । बन्दुक जस्ता परम्परागत हतियार जस्तै यो हतियारको प्रयोग गरिने विश्लेषकहरुले बताए ।

भारत र चीनबीच सन् १९९६ मा भएको सन्धि अनुसार कुनै पनि घातक हतियार प्रयोग प्रतिबन्धित छ । यसअघि गलवान घाटीमा पनि दुई देशबीचका सैनिकबीच भएको हिँसात्मक भिडन्तमा दर्जनौ भारतिय सैनिक मारिएको थियो ।
बिना गोली प्रहार दुई शिखरमाथि कब्जा

प्रोफेसर जिनले एक भाषणमा माइक्रोवेब हतियारको प्रयोग भएको दावी गरेको बेलायती अखबार द टाइम्सले जनाएको हो । उक्त हतियारको मद्दतले चीनले बिना कुनै गोली दुई पर्वतिय शिखरमाथि कब्जा गरेको उनले बताए ।

ती शिखरमा भारतिय सैनिकको कब्जा थियो । जिनले भने, हामीले यसलाई धेरै प्रचार गरेनौं, किनभने हामीले अत्यन्तै सुन्दर तरिकाले यो समस्या समाधान गरेका थियांै ।

भारतले नराम्रो हार ब्यहोर्नु परेको दावी गर्दै पहाडको फेदमा बसेका चिनियाँ सैनिकले पर्वतको टुप्पामा बसेका भारतिय सैनिकमाथि माइक्रोवेब हतियार प्रयोग गरेको जिनले दावी गरे ।

माइक्रोवेब गनको प्रयोग गरेको १५ मिनेटपछि नै भारतिय सैनिकले वान्ता गर्न थालेको र उनीहरु शिखर छाडेर जान बाध्य भएको जिनले बताए । विश्वमा यस प्रकारको हतियार आफ्ना शत्रु सेना विरुद्ध प्रयोग गरेको पहिलो उदाहरण भएको द टाइम्सले जनाएको छ ।

चीन बाहेक अमेरिकाले इलेक्ट्रोम्याग्नेटिक रेडिएसन हतियारको प्रयोग गरिसकेको छ । चीनको यो हतियारले मान्छेलाई छटपटाउन बाध्य पार्ने मात्र नभई इलेक्ट्रोनिक तथा क्षेप्यास्त्र प्रणालीलाई पनि ध्वस्त पार्न सक्छ ।

यस प्रकारको हतियारलाइ डाइरेक्ट एनर्जी वेपन पनि भन्ने गरिन्छ । केही देशले इलेक्ट्रोम्याग्नेटिक रेडिएसनको सट््टा साउन्ड वेबको प्रयोग गरेका छन् । यसअघि कयौं अन्य देशमा यस प्रकारको हतियारको प्रयोग भएको अनुमान लगाइएको थियो ।

क्युबामा अमेरिकी अधिकारीमा प्रयोग

सन् २०१६ मा क्युबामा अमेरिकी दुताबासका केही अधिकारीहरुले उनीहरुलाइ वान्ता आउने, नाकबाट रगत बग्ने र मानसिक तनाव भइरहेको समस्या बताएका थिए । पछि हवाना सिन्ड्रोम भनिएको उक्त घटनामा अमेरिकी अधिकारीहरु विरुद्ध लुकेर सोनिक वेपन को प्रयोग भएको अनुमान लगाइएको थियो ।

अमेरिकी अधिकारीहरुले यस प्रकारको समस्या चीन र रुसमा पनि गरेका थिए । दुतावासका केही कोठामा उनीहरुले ती समस्या भाग्नु परेको बताएका थिए ।

भारत र चीनबीच लद्दाखमा जारी गतिरोध अन्त्यका लागि वार्ता जारी छ । दुबैपक्षबीच सेना हटाउने विषयमा सहमतिको नजिक पुगिसकेको बताइएको छ । यद्यपी घोषणा भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्