इराक र अफगानिस्तानबाट फौज फर्काउने अमेरिकी नीतिको आलोचना



वासिंगटन,(एजेन्सी)

अफगानिस्तान र इराकमा तैनाथ गरिएका आफ्ना केहि फौज स्वदेश फर्काउने अमेरिकी योजना प्रति वरिष्ठ रिपब्लिकनहरुले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी रक्षा विभागले अफगानिस्तान र इराकमा रहेका मध्ये २ हजार ५ सय जना फौज कटौति गरिने पुष्टि गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि अमेरिकी फौजलाई स्वदेश फर्कन आब्हान गर्दै अमेरिकाको बाह्य हस्तक्षेपको विरोध गर्दै आएका थिए । तर प्रायजसो ट्रम्पको प्रतिरक्ष ागर्न अघि सर्ने सिनेट बाहुल्य नेता मिच म्याककोन्नलले पनि अमेरिकाको यस योजनालाई गल्तीको संज्ञा दिएका छन् ।

साथै उनले राष्ट्रपति ट्रम्पलाई व्हाइट हाउस छाड्नु अघि रक्षा र विदेश नीति सम्बन्धमा कुनै पनि ठूलो परिवर्तन नर्गन पनि चेतावनी दिएका छन् । ट्रम्पले अझैसम्म डेमोक्रेट जोय बाइडेनलाई कार्यभार सुम्पेको छैन । सन् २०२१ को २० जनवरीमा बाइडेनले कार्यभार सम्हाल्नु पाँच दिन अघि नै यो सैनिक कटौति नीति कार्यान्वयन हुने भएको छ ।

निमित्त अमेरिकी रक्षा मन्त्री क्रिस मिल्लरले भनेका छन् , ‘ अफगानिस्तान र इराकमा चलिरहेका युद्ध सफलतम ढंगले पूरा भएको अर्थ दिँदै विर अमेरिकी फौजलाई स्वदेश फर्काउने ट्रम्पको नीतिलाई कार्यान्वयन गरिन लागेको हो । यस अन्तर्गत इराकमा ५ सय देखि २ हजार ५ सय फौज कटौति र अफगानिस्तनमा रहेका अमरिकी कर्मचारीको संख्या ४ हजार ५ सय बाट करिव २ हजार ५ सयमा झारिन लागेको हो ।

सन् २००१ को ११ सेप्टेम्वरमा ओसामा विन लादेनको निर्देशनमा अन्तर्राष्ट्रिय लडाकु समुह अल कायदाका लडकुहरुले अमेरिकाका विभिन्न स्थानमा आत्मघाती तथा आतंककारी आक्रमण गरेपछि तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुशले विश्वभरि आतंकवाद विरुद्ध अभियान चलाउने घोषणा गरेका थिए ।

त्यसै क्रममा सन् २००१ देखि नै अफगानिस्तानमा अमेरिकी फौजको उपस्थिती रहँदै आएको छ । अमेरिकाका नेतृत्वमा अन्तर्राष्ट्रिय गठबन्धन फौजले अफगानिस्तानको तालिवान सरकारलाई अपदस्थ गरेको थियो । यता शैन्य विशेषज्ञहरुले भने ट्रम्प सरकारले यसरी अफगानिस्तानबाट फौज फर्काइखिँदा राष्ट्रपतिमा निर्वाचित जोय बाइडेनलाई राजनीतिक रुपमा कुनामा ठन्क्याउने काम हुने विचार व्यक्त गरेका छन् ।

बाइडेन आफैंले उप राष्ट्रपति छँदाखेरी देखि ति फौज फर्काउन आवाज उठाउँदै आएका थिए । अफगानिस्तान मामिला माथिको आर्मी वार कलेजका वरिष्ठ अधिकारी ल्यार्री गुडसनले अहिले अफगानिस्तानको राजधानी कावुलमा बम आक्रमण र हिंसात्मक घटना बढि रहेको र त्यहाँबाट फौज फर्काइएको खण्डमा बाइडेनको नयाँ सरकारलाई पुन त्यतातर्फ फौज पठाउनु पर्ने चुनौति आइपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्