साउथ अष्ट्रेलियामा कडा लकडाउन



सिडनी,(एजेन्सी)

केहि दिन यता तिव्र रुपमा बढ्दै गइरहेको कोरोना भाइरस संक्रमणको कारण साउथ अष्ट्रेलिया राज्यमा ततकाल छ दिने लकडाउन घोषणा हुने भएको छ । गत आइतवार यस राज्यको एडेलेडेमा ३६ जना नयाँ संक्रमित फेला पारिएको थियो । छ महिना भित्र पहिलो चोटि यति धेरै संख्यामा समुदायमा संक्रमित भेटिएको स्थानिय अधिकारीहरुले बताएका छन् ।

स्थानिय प्रशासनले संक्रमणको शुरुमै भाइरस फैलिन नदिन कडा उपाय अपनाउने उद्देश्यले लकडाउन गरिन लागेको बताएका छन् । अष्ट्रेलियाले विगतमा पनि सानातिना संक्रमणको घटना देखिनासाथ उच्च सतर्कता अपनाउने गरेको थियो । दोश्रो चरणको संक्रमण प्रकोप रोक्न विभिन्न राज्यका सरकारले व्यापार व्यवशाय र सिमा क्षेत्र बन्द गर्ने लगायत अन्य उपायहरु अपनाउँदै आएका छन् ।

साउथ अष्ट्रेलियाको लकडाउन बुधवार मध्यरात देखि शुरु हुने भएको छ । केहि साता अघि मात्र छिमेकी राज्य भिक्टोरियामा चलेको सक्तमण्को दोश्रो लहरको कारण करिव आठ सय जनाले ज्यान गुमाउनु परेको थियो । अब साउथ अष्ट्रेलयका जनताले व्यायामका लागि पनि घर बाहिर निस्कन पाउने छैन । मास्क धारणलाई अनिवार्य मानिनेछ । सम्पूर्ण बिद्यालय तथा विश्वविद्यालयहरु बन्द रहनेछन् ।

अत्यावश्यक पसल, रेस्टुरेनट र क्याफे र पवहरुमात्र खुल्ला रहनेछन् । तिनीहरुमा पनि टेकअवेलाई विशेष प्राथमिकता दिइनेछ । क्षेत्रिय आवतजावत पनि रोक्का गरिनेछ । अधिकारीहरुका अनुसार छ दिने यस कडा लकडाउन पछि पनि थप आठ दिने अलि खुकुलो लकडाउन जारी राखिने छ ।

प्रतिक्रिया दिनुहोस्