विश्वमा कोरोना: संक्रमितको संख्या ५ करोड ५९ लाख नाघ्यो, करीब १३ लाख ४३ हजारको मृत्यु



काठमाडौं ।

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ५९ लाख नाघेको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या बिहानसम्म पाँच करोड ५९ लाख २३ हजार ७ सय ४६ पुगेको छ ।

त्यस्तै विश्वमा कोरोना संक्रमणको कारण १३ लाख ४२ हजार ७ सय १५ जनाको मृत्यु भएको वल्डोसमटर्सले जनाएको छ ।

त्यस्तै तीन करोड ८९ लाख २६ हजार ८ सय ३७ जना संक्रमित कोरोनालाई जितेर घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्