अठाउन्न वर्षपछि पुस्तकालयमा किताब फिर्ता



लन्डन,(एजेन्सी)

वेलायतको एक पुस्तकालयका कर्मचारीहरुले पुस्तक फिर्ता गरिनुपर्ने तिथि भन्दा अन्ठाउन्न वर्ष पछि हालै एउटा कविता पुस्तक फिर्ता हुन आएको जनाएका छन् । मिडिल्सवर्ग सेन्ट्रल लाइव्रेरीले जियोफ्री फावरद्वारा रचित कविता संग्रह ‘ दि बेरिड स्ट्रिम ’ पुस्तकालको ड्रप बक्समा खसालिएको अवस्थामा फेला परेको जनाएको छ ।

पुस्तकालयका कर्मचारीहरुले सो पुस्तकमा फर्काउनु पर्ने तिथि डिसेम्वर , १९६२ लेखिएको बताएका छन् । लाइव्रेरियन तथा समुदाय केन्द्र का अधिकारी डेविड ह्यारिंगटनले भनेका छन्, ‘यो किताब फर्काउने अज्ञात व्यक्ति प्रति हामी धन्यवाद प्रकट गर्दछौं ।

किनभन अब हामीले यसलाई नयाँ पिंढीलाई पढ्नका लागि रिफरेन्स लाइव्रेरीको स्टकमा राख्न पाएका छौं । पुस्तक ढिलो फिर्ता बुझाइएको सन्दर्भमा ६ सय ५० अमेरिकी डलर जरिवाना गरिन सकिन्थ्यो । तर कोभिड १९ महामारीको कारण जरिवाना लिने काम अहिलेलाई रोकिएको अवस्था छ ।’

प्रतिक्रिया दिनुहोस्