ताइवानमा बालबालिकाभन्दा पाल्तु जनावर बढी



ताइपेइ,(एजेन्सी)

ताइवानको राजधानी ताइपेइका सडकहरुमा अचेल बच्चा जस्तै आफ्ना पाल्तु जनावर बोकेर हिंड्नेहरुको संख्याामा नाटकिय ढंगले वृद्धि भइरहेको छ । दि गार्जियन अखवारका अनुसार मेट्रो स्टिमको नयाँ नियम अनुसार पाल्तु जनावरलाई क्यारियरमा राख्नुपर्ने भएकाले, ताइवानीहरुको दिन प्रतिदिन जनवर पाल्ने शौख बढ्दै गएकाले र मुलुकमा बाल जन्मदर ह्वात्तै घटनाले सडकमा यस्ता दृश्य सामान्य हुन थालेका हुन् ।

ताइवानीहरु वास्तवमा पहिले देखि नै कुकुरलाई निकै माया गरी पुलपुल्याएर पाल्ने खालका हुन् । तर अहिले देखासिक र सान देखाउनका लागि पनि कुकुर पालिने गरिएको स्थानिय वासिन्दा टम पार्करले गार्जियनलाई बताएका छन् । ताइवानी अधिकारीहरुले यसै वर्षको अघिल्ला छ महिनामा मात्र मुलुकमा पाल्तु जनावरको संख्या ३० लाख पुगेको बताउँछन् ।

यो संख्या १४ वर्ष उमेर मुनिका बालबालिकाहरुको भन्दा कम रहेको छ । यसैबिच ताइवान न्युजले सन् २०१६ देखि २०१९ बिच बाल जन्मदर ६ प्तिशतले घटेको जनाएको छ । प्रसुति विदा र तलव कम हुनु र विवाह बिना सन्तान जन्माउन नमिल्ने सामाजिक दवाव जस्ता कारणले बालबालिकाको संख्यामा कमि हुँदै गएको विशेषज्ञहरुको दावी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्