ट्रम्पले राष्ट्रका गोप्य सुचना बेच्न सक्ने चिन्ता



वासिंगटन (एजेन्सी)

अमेरिकी राष्ट्रपति चुनावमा जोय बाइडेनले जितिसकेको भएपनि सत्ता हस्तान्तरमा समस्या आउन सक्ने सम्भावना बढ्दै गएको छ । मौजुदा रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र पार्टीका केही वरिष्ठ नेताहरु अझै हार स्विकार्ने मनस्थितिमा पुगेका छैनन् । राष्ट्रपति ट्रम्प अझै ७० दिनसम्म राष्ट्रपति नै रहनेछ र यस अवधीमा उनले एक कार्यकारिणी राष्ट्रपतिका हैसियतले चुनाव नतिजा देखि सत्ता हस्तारन्तरण प्रक्रिया प्रभावित पार्ने कुनै पनि निर्णय लिन सक्छ ।

राष्ट्र्रपति ट्रम्पले हालै मात्र पेन्टागनका ४ जना निजामति कर्मचारीलाई बर्खास्त गरेको छ । सुरक्षा निकायमा आफना बफादारहरुलाई भर्ति गर्ने कार्यमा तिब्रता आउनुले ट्रम्पको मनसाय सत्ता नछोड्ने तर्फ गइरहेको होकी भन्ने अर्थ लगाउन थालिएको छ । यसैबीच ट्रम्पले ह्वाइट हाउस छोड्नु अघि गोपनिय सुचनाहरु सार्वजनिक गर्न सक्ने चिन्ता ब्यक्त गर्न थालिएको छ ।

अमेरिका पुर्व सुरक्षा अधिकारीहरुले ट्रम्प माथि आफनो ब्यापारमा फाइदाका लागि त्यसता गोप्य सुचना बेच्न सक्ने आशंका गरेका छन् ।राष्ट्रपतिका रुपमा ट्रम्पसँग अत्यन्त गोप्य सुचनाहरु छन् । यस परमाणु हतियारको प्रक्षेपण कोड, गोप्य सुचना संकलन गर्ने क्षमता, अन्य देशमा अमेरिकी सामरिक ठेगानासँग सम्बन्धित सबै जानकारी, अत्याधुनिक हतियार प्रणालीको विकासको स्थिति आदि पर्छन् । पुर्व अधिकारीहरुका अनुसार यी सुचनाहरु प्रति ट्रम्पको रवैया अहिलेसम्म धेरै नै गैर जिम्मेदार रहेको छ ।

जासुसी संस्था सीआईएका पुर्व अधिकृत डेविड प्रिएसले भने , कुनै पनि राष्ट्रपति यदि रुष्ट, असन्तुष्ट वा निरास भए भने उबाट गोपनिय सुचना सार्वजनिक हुने जोखिम रहन्छ । ट्रम्पमाथि करोडौं डलरको ऋण चढिसकेको छ, जसका कारण उनी धेरै दबावमा छन् । त्यसैले पनि उनको असन्तोष बढिरहेको छ ।

त्यसैगरी पुर्व गुप्तचर अधिकारी ल्यारी फाइफरले सीआर्ईए महानिर्देशकका कर्मचारी रहिसकेका माइकल बीच हेडन भन्छन् – सुरक्षा र गुप्तचर अधिकारीका लागि उनीहरु ( राष्ट्रपति वा उसँगै शिर्ष पदमा बसेका अन्य ब्यक्ती) सँधै चिन्ताको विषय हुने गर्छ, जसको ऋण धेरै छ ।

प्रतिक्रिया दिनुहोस्