रुसी खोप स्पुटनिक भी ९२ प्रतिशत प्रभावकारी



मस्को (एजेन्सी)
अमेरिकी फर्मास्युटिकल कम्पनी फाइजर र बायोएनटेकले विकसित गरेको खोप ९० प्रतिशत प्रभावकारी रहेको बताएपछि रुसले पनि आफनो स्पुटनिक भी खोप नागरिकलाई कोविड १९ बाट बचाउन ९२ प्रतिशत प्रभावकारी रहेको दावी ग्रेको छ ।
खोपको अन्तिम परिक्षणको नतिजाका आधारमा सोवरेन वेल्थ फन्डले उक्त दावी गरेको हो । खोप विकसित गर्ने दौडमा रुस पश्चिमी देश भन्दा अगाडी हुने प्रयासमा छ र अगस्टमा नै रुसले स्पुटनिक भी खोपलाई आधिकारिक अनुमति दिएको थियो । तर पश्चिमी देशले रुसको प्रयासमाथि प्रश्न उठाइरहेको छ ।
१६ हजार स्वयंसेवकहरुमा गरिएको परिक्षणमा खोपको दुई डोज दिइएको रोयटर्सले जनाएको छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले यस विषयमा जानकारी दिएको हो । आरडीआईएफ खोपको विकास र वैश्विक बजारका लागि काम गरिरहेको छ । यद्यपी विज्ञहरुले परिक्षणको डिजाइन र प्रोटोकलका बारेमा जानकारी धेरै बाहिर नआएको बताएका छन् । यस स्थितिमा नतिजालाई लिएर कुनै प्रकारको प्रतिक्रिया दिन कठिन हुन्छ ।
आरडीआईएफका प्रमुख किरिल दिमित्रिवले भने, हामी आंकडाको आधारमा भनिरहेका छौ कि हामीसँग अत्यन्तै प्रभावकारी खोप छ । यो त्यस्तो विषय हो जसको विषयमा खोप विकास गर्नेले आउने पुस्तालाई बताउने छ ।
यसबीच बैज्ञानिकहरु मस्कोको हतार र त्यसलाई नियामक अनुमति दिएकोमा चिन्ता ब्यक्त गरेका छन् । उनीहरुले यो खोप पुर्ण सुरक्षित र प्रभावकारी भएको दावीमा आशंका ब्यक्त गरिरहेका छन् ।
आरडीआईएफले रुसमा परिक्षणकाल ६ महिना चल्न र यसको डाटालाई अन्तराष्ट्रिय मेडिकल जर्नलमा दोहोरो समिक्षापछि प्रकासित गर्ने जनाएको छ । खोप परिक्षणका क्रममा २० जनालाई कोविड १९ भएको बताइएको छ ।
यो फाइजर र बायाएनटेकको खोप परिक्षणमा पनि ९४ जनामा देखिएको संक्रमणभन्दा धेरै कम हो । फाइजरले परिक्षण जारी राखे तर पछि १ सय ६४ जनामा कोविड १९ संक्रमित भेटिए । फाइजर र बायोएनटकले सोमबार उनीहरुको खोप ९० प्रतिशत प्रभावकारी रहेको दावी गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्