चिनियाँ खोप परीक्षण रोकिएपछि राष्ट्रपति दंग



रियो दि जेनेरो,(एजेन्सी)

ब्राजिलका राष्ट्रपति जाइर बोलसोनाराले कोभिड १९ विरुद्धको चिनिया खोप परिक्षण कार्य रोकिएकेमा खुशी हुँदै यसलाई ‘ बिजय ’ को संज्ञा दिएका छन् । खोप परिक्षणका परिणामहरु खरव निस्कन थालेपछि यसलाई रोकिएको हो । खोप परिक्षणमा संलग्न एकजना स्वयंमसवको मृत्यु समेत भएको स्थानिय संचार माध्यमले जनाएको छ ।

ब्राजिलको स्वास्थ नियमन निकाय अन्भिसाले २९ अक्टोवरमा नाम नखुलाइएको ति स्वयम सेवकको मृतयु भएको पुष्टि गरेपनि यस घटनाबारे विस्तृत विवरण अझै सार्वजनिक गरेको छैन । तर सो खोप परिक्षणमा संलग्न एक प्रतिष्ठानले तिनको मृत्यु खोपसंग मात्र सरोकार नरहेको पनि बताइसकेका छन् ।

चिनिया औषधि निर्माण कम्पनी सिनाभाक बायोटेकले तयार परेको सो खोपको विश्वभरि परिक्षण कार्य भइरहेको छ । तर सिनोभाकले आफ्नो उत्पादनको सुरक्षा विश्वसनियता प्रति आफुले ग्यारेनिट दिन सक्ने बताएको छ । यस खोपको चीनसंग सम्बन्ध रहेकै कारण राष्ट्रपति बोल्सोनारोले त्यसको लामो समय देखि विरोध गर्दै आइरहेकोमा अहिले उनले ब्राजिलले यो खोप खरिद नगर्ने स्पष्ट पारिसकेका छन् । सार्वजनिक रुपमा शुरु देखि नै यस परिक्षणको समर्थन गर्दै आएका साओ पवलोका गवर्नर हाओ दोरियसंग पनि बोल्सोनारोको राजनतिकि पूर्वा्र्ह रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्