विहारको चुनावमा विजेपी गठबन्धनलाई सफलता



नयाँदिल्ली,(एजेन्सी)

भारतको सत्तारुढ भारतीय जनता पार्टी ( विजेपि ) र यसको गठबन्धनले महत्वपूर्ण राज्य विहारको विधान सभाको चुनाव जितेका छन् । यस सफलता लगत्तै प्रधानमन्त्री नरेन्द« मोदीले ‘ विहारमा पुन एकचोटि लोतन्त्रले विजय पाएको ’ प्रतिक्रिया दिएका छन् । अधिकाँशले यस चुनावलाई कोभिड १९ प्रतिको सरकारको रवैयाको परिक्षणको रुपमा हेरेका थिए ।

मोदीको नेसनल डेमोक्रेटिक एलायन्स ( एनडिए ) ले विधान सभाको कूल २ सय ४३ सिट मध्ये १ सय २५ सिट जित्न सफल भएको चुनाव आयोगले जनाएको छ । कोभिड १९ महामारी शुरु भए यताको मंगलवार सम्पन्न यो भारतकै पहिलो प्रमुख निर्वाचन हो । एनडिएले क्षेत्रिय शक्रिशाली राष्ट्रिय जनता दल ( आरजेडि ) लाई पराजित गरेको हो ।

हुन त चुनाव सम्मख सम्पन्न मत सर्भेक्षणमा आरजेडिको नेतृत्वमा रहेको गठबन्धनले जित्ने संभावना देखाएको थियो । मत सर्भेक्षणमा संलग्न अधिकांशले लामो समय देखि विहार राज्यको मुख्यमन्त्री रहँदै आएका नितिश कुमार प्रति राजनीतिक विमति प्रकट गरेका थिए ।

तर एनडिएले आफ्नो प्रमुख प्रतिद्वन्द्वीलाई बढार्न सफल भएको छ । यद्यपि आरजेडि ७५ सिट जितेर सबैभन्दा बढि सिट जित्ने एकल पार्टी बन्न सफल भएको छ । भारतकै सबैभन्दा गरिब राज्यको रुपमा रहेको उत्तरी राज्य विहारमा कोरोना भाइरस महामारीले निकै बढि दुख दिइरहेको छ । त्यहाँ अहिले सम्म २ लाख २० हजार भन्दा बढि संक्रमित भइसकेको छ भने १ हजार जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्