सम्बन्ध विच्छेडको दावीमा मेलानियाको जवाफ



वासिंगटन (एजेन्सी)
अमेरिकाका राष्ट्रपति चुनाव नतिजापछि मौजुदा राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानियाको सम्बन्धलाई लिएर गरिएका अनुमान विशेष चर्चामा आइरहेको छ । एक अनुमानमा ती दुईबीच सम्बन्ध विच्छेड हुन सक्ने र त्यसका लागि प्रक्रिया सुरु भइरहेको बताइएको थियो । यसबीच मेलानियाले यो दावी गर्ने डोनाल्ड ट्रम्पकी पुर्व राजनितिक सहयोगी ओमारोसा म्यानिगल्ट न्युमेन उमाथि खनिएको आरोप लगाएकी छिन् ।
न्युमेनले ट्रम्प र मेलानियाको १५ बर्ष पुरानो वैवाहिक सम्बन्ध अब समाप्त भइसकेको दावी गरेकी थिइन् । मेलानिया हरेक मिनेट गनिरहेको उनले बताएकी थिइन् । राष्ट्रपति ट्रम्प र मेलानियाबीचको सम्बन्धलाई लिएर पटक पटक नराम्रो हल्ला फैलिने गरिरहेको तर चुनावको नतिजा आएपछि यसको चर्चा अझ बढी हुन थालेको हो ।
मेलानियाको जवाफ
ट्रम्प ह्वाइट हाउसबाट बाहिर आउने वित्तिक्कै मेलानियाले उनलाई पारपाचुके दिने ओमारोसा न्युमेनले दावी गरेकी छन् । ट्रम्पसँग बदला लिने अवसरको खोजमा मेलानिया रहेको उनले बताइन् । यसलाई लिएर मेलानियाकी प्रवक्त स्टेफनी ग्रिसमले भने , ओमारोसा एकहोरो खनिरहनु मेलानियालाई दुखित तुल्याउने कुरा हो र आफनो अभिस्त पुरा गर्न यस प्रकारको प्रतिक्रिया दिइरहेकी छन् जबकी राष्ट्रपतिले उनलाई थप्रै अवसर दिएको थियो ।
डोनाल्ड र मेलानियाको प्रेम
डोनाल्ड ट्रम्प र मेलानियाबीचको प्रेम कहानी सन् १९९८ मा शुरु भएको हो । त्यतिबे डोनाल्ड ट्रम्प ५२ बर्षका थिए र मेलानिया २८ बर्षकी थिइन् । त्यतिबेला न्युयोर्कमा फेसन सप्ताह चलिरहेको थियो । यो कार्यक्रम समाप्त भएपछि टाइम्स स्क्वायरको किटक्याट क्लबमा एक पार्टीको आयोजना गरिएको थियो । उक्त पार्टीमा ट्रम्प र मेलानिया दुबै सहभागी भएका थिए । दुबैले एक अर्कालाई देखेपछि कुराकानीको क्रम शुरु भयो । सम्बन्ध गहिरिँदै गएपछि सन् २००४ मा ट्रम्ले मेलानियालाई १५ लाख डलरको हिराको औंठी लगाइदिएर विवाहका लागि प्रस्ताव गरे । त्यसपछि सन् २००५ जनवरी २२ मा ती दुईले विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्