अमेरिकामा एकैदिन कोरोना संक्रमणबाट १३ सय ३१ जनाको मृत्यु, एक लाख ३४ हजार बढीमा संक्रमण



काठमाडौं ।

अमेरिकामा एकैदिन एक लाख ३४ हजार १ सय ५६ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड ५ लाख ५७ हजार ७ सय ६६ पुगेको छ ।

त्यस्तै अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन १३ सय ३१ जनाको ज्यान गएको छ ।

यसरी अमेरिकामा कोरोना संक्रमणबाट जयान जानेको संख्या दुई लाख ४५ हजार ७ सय ८५ पुगेको छ ।

त्यस्तै अमेरिकामा ५६ लाख ९५ हजार ७ सय ४८ जना संक्रमित उपचारपछि निको भएका छन् भने ३७ लाख १६ हजार २ सय ३३ जना संक्रमित उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्