चुनावको नतिजा ‘खारेज’ गरि डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको तयारी !



काठमाडौं ।

अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले चुनावको नतिजा ‘खारेज’ गरि डोनाल्ड ट्रम्प प्रशासनको दोस्रो कार्यकालको तयारी रहेको बताएका छन् ।

मंगलबार विदेश मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री पोम्पेओले मुस्कुराउँदै भने, ‘ट्रम्प प्रशासनको दोस्रो कार्यकाल’ बताएका हुन् । उनले नोभेम्बर ३ मा भएको चुनावमा जो बाइडेन विजयी भएको घोषित गरिएको कुरा उल्लेख नै गरेनन् ।

विश्व समुदायले राष्ट्रपतिमा निर्वाचित भएको डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनलाई बधाई तथा शुभाकामना दिइरहेका बेला ट्रम्प सत्ताका विदेश मन्त्रीले ‘ट्रम्प प्रशासनको दोस्रो कार्यकालका लागि सहज ट्रान्जिसन’ हुने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्