बरिष्ठ प्यालेस्टिनी अधिकारी इरेकातको निधन



रमाल्लाह । प्यालेस्टाइनका बरिष्ठ शान्ति मध्यस्थकर्ता साएब इरेकातको कोरोनाभाइरस संक्रमणबाट मंगलबार निधन भएको छ ।इरेकातका नजिकका व्यक्तिहरुका अनुसार कोरोनाभाइरस संक्रमणबाट इरेकातको स्वास्थ्य स्थिति निकै जटिल र नाजूक बनेको थियो ।

फताह आन्दोलनले पनि इरेकातको निधन भएको पुष्टि गरेको छ । इरेकातलाई अक्टोबरको मध्यतिर संक्रमण भएको थियो । प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (आइएलओ) को कार्यकारी समितिका महासचिव समेत रहनु भएका इरेकातको कोरोना संक्रमणपछि स्वास्थ्य निरन्तर खस्केको थियो ।

उहाँलाई उपचारका लागि जेरुसेलमस्थित हदस्साह मेडिकल सेन्टरमा भर्ना गरिएको थियो । इरेकातको केही वर्षअघि फोक्सोको प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्