तालबाट लाश झिक्ने शिवाले धेरैलाई आत्महत्या गर्नबाट जोगाए



हैदरावाद,(एजेन्सी)

शिवाले वर्षौंसम्म दक्षिणी भारतिय शहर हैदरावाद स्थित हुस्सेन सागर तालमा लाश खोज्न प्रहरीलाई सहयोग गरेका थिए । तर एकदिन पहिलो पटक त्यहीँ आफुले सोही तालमा आत्महत्या गर्न खोज्ने एक व्यक्तिको ज्यान जोगाएको शिवाले विविसिको तेलेगु भाषाका पत्रकार बल्ला सतिषलाई बताएका छन् ।

प्रहरीले नजिकको पोखरीबाट लाश खोजेर ल्याउने जोसुकैलाई इनाम दिने घोषणा गरेपछि शिवाले दस वर्षको कलिलै उमेरदेखि यो काम शुरु गरेका हुन् । भारतको प्रहरी विभागमा तैराकीहरुलाई तालिम दिन आर्थक कोषको अभाव रहेको छ । अधिकांश प्रहरीलाई पौडिन पनि आउँदैन । साथै प्रहरीसंग व्यावशायिक तैराकी भाडामा लिने आर्थिक श्रोत पनि छैन ।

त्यसैले अनौपचारिक रुपमा शिवा जस्ता ज्यान जोखिममा लिएर काम गर्नेहरु माथि भरपर्ने बाहेक प्रहरीसंग अन्य विकल्प रहेको छैन । शिवाले त्यतिवेला अर्थात विस वर्ष अघि एक पटक काम गरे वापत ४० भारु पाउँथे । अहिले पनि उनले प्रहरीलाई सहयोेग गर्ने काम छाडेका छैनन् ।

उनी हैदरावादको मध्य भागमा अवस्थित क्रृतिम हुस्सेन सागर ताल नजिकै बस्ने गर्छन् । लोकप्रिय पर्यटकिय सुचि भित्र रहेको सो तालमा हिन्दुहरुको पवित्र देव गणेश पर्वकोवेला मुर्ति विसर्जन गर्ने गरिन्छ । त्यहाँ विसर्जित मुर्तिहरु पनि टुक्रिन थालेपछि शिवाले तिनीहरुबाट फलाम झिकेर कवाडखानामा बेच्ने गर्दछन् ।

अन्य नदी र तालबाट शव निकाल्न पनि उनले मद्धत गर्दै आएक छन् । अहिले सम्म उनी तालमा हाम फाल्नु अघि र हाम फालिसकेका गरी १ सय १४ जनालाई आत्महत्याको मुखबाट जोगाउन सफल भएका छन् । महिलाहरुको लाश निकाल्नका लागि अब उनी आफ्नी पत्नीलाई पौडिने र तैराकी कला सिकाउँदै छन् ।

भारतको प्चलित कानुन बमोजिम आतमहत्या गुर्न अपराध भएकाले उनले आत्महत्या गर्नबाट जोगाएका व्यक्तिहरु प्रहरी बोलाउनु अघि नै भाग्ने गरेका छन् । यस्तै कार्यमा संलग्न शिवाका थुप्रै साथीहरु भोक , रोग , लागु औषध दुव्र्यसन र दुर्घटनाका कारण मरिसकेका छन् । उनले आफुलाई यो कला सिकाउने लक्ष्मण नामका साथी लाश निकाल्ने क्रममा डुबेर मरेको सुनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्