तेश्रो विश्व युद्धको खतरा बढिरहेको छ : वेलायती सेना प्रमुख कार्टर



लन्डन,(एजेन्सी)

संयुक्त अधिराज्यका सेना प्रमुख जनरल सर निक कार्टरले विश्वमा बढ्दो अनिश्चितताको कारण तेश्रो विश्व युद्ध शुरु हुने खतरा रहेको संकेत गर्दै सरकारलाई शसस्त्र फौजका लागि दिर्घकालिन आर्थिक लगानी प्रदानका लागि तयार रहन आह्वान गरेका छन् । कार्टरले विश्वभरि बढिरहेको क्षेत्रिय द्वन्द्वका कारण ठूलै युद्ध छेडिन सक्ने बताएका छन् ।

चिफ अफ डिफेन्स स्टाफ कार्टरले भनेका छन् , ‘ कोरोना भाइरस महामारी फैलिरहेको अवस्थामा विश्व निकै अनिश्चित र चिन्तित स्थानमा परिणत भएको छ । महामारीको तिव्रताले ठूलो गल्ती तर्फ लाँदै गरेको हामीले देखिरहेका छौं । हामीले इतिहास आफैं फर्कँदैन तर यसको गति हुन्छ भन्ने सम्झनु पर्छ ।

विगतका दुईवटै विश्व युद्ध अघि पनि ठस्लो गल्ती शुरु हुनु अघि सम्म यस्तै अन्योल छाएको थियो भन्दा कुनै फरक पर्दैन । हामी त्यस्ते कुनै विश्व युद्ध नदोरियोस् भन्ने आशामा छौं । उनले आइतवार स्काइ न्युजको सोफी रिड्ज कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा वेलायती सेनालाई अत्याधुनिक र शक्रिशाली बनाउन सरकारी कोषले लामो समय लगानी गर्नुपर्ने पनि जोड दिएका थिए ।

वेलायती प्रधानमन्त्री बोरिस जोहन्सन र चनसलरबचि रक्षा खर्च विषयलाई लिएर विवाद भइरहेको समय सेना प्रमुख कार्टरको यो अभिव्यक्ति सार्वजनिक भएको हो । जोहन्सनले आगामी सन् २०२५ सम्मका लागि १५ अर्व पाउन्डको आर्थिक रक्षा प्याकेज अघि सारेका हुन् । जबकी चान्सलर प्रत्येक वर्ष नियमित खर्चमा १ अर्व ९० करोड पाउन्ड खच रकम थप्दै जानुपर्ने पक्षमा रहेका छन् ।

तर कार्टरले भने प्रधानमन्त्री कार्यालय डनउनिंग स्ट्रिट र अर्थमन्त्रालयबिच सकारतम्तक तालेमेल भइरहेको प्रतिक्रिया दिएका छन् ।
अर्को एक प्रसंगमा कार्टरले एक दशकको अवधि भित्र वेलायतको सेनाको २५ प्रतिशत संख्या रोवोट सेना हुने अनुमान पनि गरेका छन् । उनले वेलायतको १ लाख २० हजार सेना मध्ये ३० हजार रोवोट हुनसकने बताएक छन् ।

प्रतिक्रिया दिनुहोस्