ट्रम्पद्वारा रक्षा मन्त्री बर्खास्त, चीन विरुद्ध कडा कदम चाल्ने सम्भावना



वासिंगटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति चुनावमा पराजयछि मौजुदा राष्ट्रपति डोनाल्ड ट्रम्पले एक महत्वपुर्ण फैसला लिने क्रममा अमेरिकाको रक्षा मन्त्री पदबाट मार्क एस्परलाई हटाएको छ ।
ट्रम्पले ट्विटरबाटै रक्षा मन्त्री एस्परलाई बर्खास्त गरेको हो । ट्विटर पोस्टमा ट्रम्पले लेखेका छन्, रक्षा मन्त्री मार्क एस्परलाई टर्मिनेट गरिएको छ र राष्ट्रिय आंकतवाद विरोधी केन्द्रका निर्देशक क्रिस्टोफर मिलरलाई तत्काल रुपमा लागु हुने गरी रक्षा मन्त्री बनाइएको छ । मार्क एस्परलाई हटाइएको छ ।
अमेरिकी राष्ट्रपति चुनावमा हार ब्यहोरेको एक हप्तापछि नै ट्रम्पका तर्फबाट यो फैसला मार्क एस्पर र ट्रम्पबीच नौसैनिक तथा अन्य सैन्यकर्मीको प्रयोग गर्ने आफ्नो सुझावलाई लिएर मतभेद उत्पन्न भएपनि लिएको हो ।
चुनावमा डेमोक्र्याटिक उम्मेदवार जोय् बाइडेनलाई निर्णायक अग्रता प्राप्त भइसकेको भएपनि अहिलेसम्म ट्रम्पले आफनो हार स्विकार गरेको छैन । जनवरी २० सम्म राष्ट्रपतिमा कायम रहने भएकोले ट्रम्पले यो अवधिमा केही महत्वपुर्ण निर्णय गर्ने सम्भावना बढेको छ । यसले नयाँ निर्वाचित राष्ट्रपति बाइडेनलाई अप्ठ्यारो पार्न सक्छ ।
विदाई पुर्व चीन विरुद्ध कदम चाल्ने
आफ्नो अरुचिकर विदाइ पुर्व ट्रम्पले चीन विरुद्ध राजनितिक तथा ब्यापार क्षेत्रमा कयौं कडा फैसला लिन सक्छ । ट्रम्पले कोरोना भाइरस महामारीलाई लिएर चीन माथि सिधै आरोप लगाउँदै आइरहेका छन् । यस अवस्थामा यस महामारीका कारण भएको आर्थिक नोक्सानको भरपाईका लागि अमेरिकी राष्ट्रपति चीन विरुद्ध कडा निर्णय लिन सक्छ ।
जनवरी २० पुर्व यस प्रकारका कयौं फैसला ट्रम्पले लिन सक्ने अमेरिकी दुतावासका तर्फबाट चीनसँग ब्यापार वार्ता गरिहेको टोलीका सदस्य तथा जर्जटाउन युनिभर्सिटीका सहकर्मी जेम्स ग्रिनले बताए । ट्रम्प प्रशासनले कहिले पनि कुै मापदन्ड नबनाएको पनि उनले बताए । यस स्थितिमा सहज सत्ता हस्तान्तरलाई लिएर पनि आफुलाई चिन्ताले सताएको उनले बताए ।
अमेरिकाको विदेश नितिमा ट्रम्पले चाहेको बेला कार्यकारिणी अर्डर अर्थात एजेन्सी रुल मेकिंगका अनुसार परिवर्तन गर्न सक्ने हंगकंगको साउथ चाइना मर्निंग पोस्टले जनाएको छ । यसलाई लागि उनलाई सिनेटको स्विकृति प्राप्त गर्न बाध्य छैन । यसको प्रयोग गर्दै ट्रम्प बेइजिंग विरुद्ध कुनै कडा निर्णय लिन सक्छ ।
ट्रम्पले सिनजियांमा उइगुर मुसलमानहरुको नजरबन्दी र नरसंहारका लागि चीनलाई दोषी ठहर्याउन सक्छ । अमेरिकी राष्ट्रपति चुनावको केही दिन अघि मात्रै राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनले चीनमाथि सिनजियांगमा नरसंहार गरेको आरोप लगाएका थिए । यो बाहेक चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरुको भिसामाथि प्रतिबन्द लगाउन सक्छ । सन् २०२२ मा चीनमा हुन गइरहेको शीतकालिन ओलम्पिकमा सहभागी नबन्न अमेरिकी खेलाडीहरुलाई आदेश दिने प्रयास हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्