भारतमा एकैदिन २९ हजार बढी कोरोना संक्रमित थपिए



एजेन्सी ।

भारतमा एकैदिन २९ हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

बुधबार २४ घण्टामा मात्रै भारतमा २९ हजार ४ सय २९ संक्रमित थपिसँगै कूल संक्रमितको संख्या ९ लाख ३६ हजार १ सय ८१ पुगेको छ । भारतको सबैभन्दा धेरै कोरोना प्रभावित महाराष्ट्रमा संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ६५ पुगेको छ भने १० हजार ६ सय ९५ जनाको मृत्यु भएको छ ।

यस्तै, दिल्लीमा १ लाख १५ हजार ३ सय ४६ संक्रमित भएका छन् भने ३ हजार ४ सय ४६ जनाको मृत्यु भइसकेको छ। तमिलनाडुमा १ लाख ४७ हजार ३ सय २४ संक्रमित र २ हजार ९९ को मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्