भारतमा काेराेना भ्याक्सिनः मुसा र खरायोमा परीक्षण सफल, मानिसमा परीक्षण गरिंदै


एजेन्सी ।

भारतले कोरोनाविरुद्धको भ्याक्सिनको मुसा र खरायोमा परीक्षण सफल भएपछि परीक्षण चाँडै मानिसमा गर्ने बताएको छ।

भारतमा कोरोनाका दुई वटा भ्याक्सिनमा काम भइरहेको र यी दुई भ्याक्सिन मुसा र खरायोमा परीक्षण गरिएको थियो। दुवै जनावरमा गरिएको परीक्षण सफल भएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका निर्देशक बलराम भार्गवले बताएका छन। भारतको औषधि नियन्त्रण विभागले मानिसमा परीक्षण गर्न पनि स्वीकृति दिइसकेको छ।

भारत वायोटेक इन्टरनेसनल लिमिटेड र जायडस कैडिला नामक दुई कम्पनी कोरोनाविरुद्धको भ्याक्सिन बनाउने प्रयास गरिरहेका छन्।

दुवै कम्पनी भ्याक्सिनको मानवीय परीक्षणका लागि तयारी गरिरहेका छन्। क्लिनिकल ट्रायलका लागि ठाउँ पनि तयार गरिसकेका छन्। दुवै भ्याक्सिन एक–एक हजार मानिसमा परीक्षण गरिनेछ।

उता, रुसले पनि कोरोनाको भ्याक्सिन बनाउने कामलाई तिव्रता दिएको छ। सुरुवाती चरणमा उसलाई पनि सफलता मिलेको छ।

चीन पनि कोरोनाको भ्याक्सिन बनाउन जुटिरहेकै छ।

अमेरिका दुईवटा भ्याक्सिनमा काम गरिरहेको छ।

बेलायतमा अक्सफोर्ड युनिभर्सिटीमा भ्याक्सिन बनिरहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।