क्यालिफोर्नियामा पुन: लकडाउन



सानफ्रान्सिस्को,(एजेन्सी)

अमेरिकाको सबैभन्दा घना आवादी भएको क्यालिफोर्नियामा कोरोना भाइरस संक्रमण तिव्र रुपमा बढन थालेपछि पुन त्यहाँको व्यापार व्यवशाय र सार्वजनिक स्थलमा कडा लकडाउन लगाइएको छ । गवर्नर ग्याविन न्युसमले सोमवार ततकाल रेस्टुरेन्ट , वार , अन्य मनोरन्जन स्थल चिडियाखाना र संग्रहालयका सम्पूर्ण इन्डोर क्रियाकलाप बन्द गर्न आदेश दिएका छन् ।

साथै दक्षिण पश्चिमी अमेरिकी राज्यका अन्य अति प्रभावित क्षेहरु जस्तै चर्च र जिमखाना र हेयर सैलुनपनि बन्द गरिने भएको छ । क्यालिफोर्नियामा ३ लाख ३० हजार भन्दा बढि कोरोना संक्रमित देखिएका छन् भने ७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।

विगत दुई साताभित्र झण्डै ४ करोड आवादी रहेको क्यालिफोर्नियामा स्वास्थ परिक्षण गरिएकाहरुमा २० प्रतिशतले वृद्धि भएको पाइएकाले पुन कडा नियमहरु लगु गरिएको हो । अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका अनुसार विगत दुई साता यता अमेरिकाका ५० मध्ये करिव ४० वटा राज्यमा संक्रमण अप्रत्यासित रुपमा वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्