चर्चित हलिउड अभिनेता जोह्न ट्रावोल्टाकी पत्नीको निधन



लसएन्जेल्स,(एजेन्सी)

संयुक्त राज्य अमेरिकाको हलिवुडका चर्चित अभिनेता जोह्न ट्रावोल्टाकी ५७ वर्षिया पत्नी केल्ली प्रेस्टनको निधन भएको छ । ट्रावोल्टाले इन्स्टाग्राममा पोस्ट गरेका छन् , ‘ मेरी प्यारी र सुन्दर पत्नी स्तन क्यान्सरस.गको दुई वर्ष लामो युद्धमा पराजित भएकीछन् ।

धेरै मानिसको माया र समथन पाएर उनले निकै साहसपुर्वक यो युद्ध लडेकी थिइन् । ’ ट्रावोल्टा दम्पतीको वैवाहिक जिवन झण्डै २९ वर्ष पुगेको थियो ।

अभिनेत्री प्रेस्टनले ट्विन्स , फ्रम डस्क टिल डन , जेर्री म्यागायर र दि क्याट इन दि ह्याटमा अभिनय गरेकी थिइन् । उनले आफ्ना पतिसंगपनि ब्याटलफिल्ड अर्थ र ओल्ड डग्समा काम गरेकी थिइन् । होनोलुलुमा जन्मेकी प्रेस्टनको जन्मिँदाको नाम केल्ली कामालेलेहुवा स्मिथ थियो ।

ट्राभोल्टाले आफ्नो पोस्टमा आफ्नाी पत्नीको उपचारमा संलग्न रहेका सम्पुर्ण सवास्थकर्मि र उनलाई साथ , सान्तवना र माया दिने सार्थीभँइलाई धन्यावाद ज्ञापन गरेकीछन् । तिनीहरुका छोरा जेट ट्रावोल्टाको सन् २००९ को जनवरीमा बहमासमा फेमिली होलिडे मनाउने क्रममा १६ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्