उडिरहेको विमानको शौचालयमा विस्फोटक पदार्थ भेटिएपछि आपत्कालीन अवतरण



एजेन्सी ।

पोल्याण्डको क्र्याकोफबाट आयरल्याण्डको डब्लिनतर्फ उडिरहेको एउटा विमानको शौचालयमा विस्फोटक पदार्थ भएको सूचना आएपछि आपत्कालीन अवतरण गराइएको छ ।

राइनएयरको सो विमानलाई ब्रिटेनको स्टानस्टेड विमानस्थलमा अवतरण गराइएको थियो । स्थानीय समय अनुसार साँझको ६ बजेर ४० मिनेटमा अवतरण गर्नुअघि दुईवटा लडाकु जेटले विमानलाई पहरा दिएको बिबिसीले जनाएको छ । विमान सामान्य रूपमै अवतरण भएको र बसे जना सुरक्षित रहेको विमान सेवाका प्रवक्ताले बताएका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ ,’यूके प्रहरीले विमान र यात्रुहरूको जाँच गरिरहेको छ। र उनीहरूले नै अर्को विमानमा उनीहरू डब्लिनतर्फ उड्ने बारे निर्क्यौल गर्नेछन्।’

प्रतिक्रिया दिनुहोस्