कार्डबोर्ड बक्सभित्र क्युवाली वृद्धा



हवाना,(एजेन्सी)

क्युवामा कोराना भाइरस देखिए यता राजधानी हवानाको एक उपनगरका बेकरी वा मासु पसल वा अखवार पसलमा हात खुटा सहितको एउटा अग्लो कार्डबोर्ड बक्स यताउता चलायमान भइरहेको देख्न सकिन्छ । यसरी आफ्नो शरिरलाइृ कार्डबोर्ड बक्स भित्र हालेर कोरानाबाट सुरक्षित हुन खोज्ने व्यक्ति भने ८२ वर्षिया फेरीदिया रोजास हुन् ।

स्मरणीय छ दिर्घरोगी र वृद्धवृद्धामा भाइरस संक्रमित हुने बढि खतरा रहेको छ । उनले यो उपाय अपनाउनु पछाडि अर्को कारण पनि छ । क्युवाका कुनै पनि पसलमा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट ( पिपिइ ) किन्न पाइँदैन । क्युवाली सरकारले चलाएको नारा ‘ म घरैमा छुं , तपाईं कता हुनुहुन्छ ?

’ ति वृद्धाको बक्समा लेखिएको छ । यी विधवा वृद्धाका दुवै छोरी संयुक्त राज्य अमेरिकामा बस्छन् । त्यसैले घरको सम्पूर्ण काम आफैंले गर्नुपने भएकाले उनी सो बक्सले आफुलाई छोपेर किनमेल गर्न जाने गरेकी छन् । पेशाले पूर्व नर्स उनले अनुहार भने प्लाष्किले छोप्ने गरेकीछन् ।

प्रतिक्रिया दिनुहोस्