पोल्याण्डमा दुदा पुन: राष्ट्रपति निर्वाचित



वार्सा,(एजेन्सी)

पोल्यान्डको सत्तारुढ राष्ट्रपति आन्द्रेज दुदा आईतवार सम्पन्न राष्ट्रपतिय चुनावमा आफ्ना प्रतिद्वन्द्वी राफाल ट्रजास्कोस्कीलाई झिनो मतले हराउन सफल भएका छन् । राष्ट्रिय चुनाव आयोगले दुदाले खसेको कूल मत मध्ये ५१ दशमलव २ प्रतिशत मत हासिल गरेको पुष्टि गरेको छ ।

सन् १९८९ मा कम्युनिस्ट शासन प्रणाली ढलेयताको यो पहिलो कम मतान्तरमा राष्ट्रपतिय चुनावको निर्णय भएको हो । चुनावका विभिन्न महत्वपूर्ण मुद्धाहरु मध्ये एक मुलुकले युरोपेली संघ ( इयु ) संगको विग्रँदो सम्बन्ध कसरी सुधार्ने भन्ने पनि एक हो ।

सोसियल कन्जरभेटिभ पार्टीका नेता दुदाले नेसनलिसट ल एन्ड जस्टिस पार्टीसंग मिलेर सरकार चलाउँदै आएका थिए । न्यायालय क्षेत्रमा गरिएका विवादास्पद सुधार कार्यहरु र गर्भपतन तथा समलिंगी अधिकारको निरन्तर विरोधमा लागेकाले पनि दुदाको चुनावी विजयमा टेवा पुगेको राजनीतिक विशलेषकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्